भारतमा ब्यूरोकर्मी सहित मधेसी पत्रकार सम्मानित
चन्दन रौनियार, न्यूज ब्यूरो || जनकपुरधाम, ५ फागुन । भारतमा भएको एक कार्यक्रमबीच न्यूज ब्यूरोका संवादाता सहित मधेसी पत्रकारहरु समान्नित भएका छन् । सदैव सत्य एवं इमान्दारिताका साथ निष्ठाबान भइ कलम चलाइरहेका भन्दै मधेस मिडियाका केही पत्रकारहरुलाइ सम्मान गरिएका छन। अन्तर्राष्ट्रिय प्रेस क्लब भारतको आयोज

२०७४ फागुन ५ शनिबार, बिहान ९:५८ बजे२ मिनेट पढाइ

चन्दन रौनियार, न्यूज ब्यूरो ||
जनकपुरधाम, ५ फागुन । भारतमा भएको एक कार्यक्रमबीच न्यूज ब्यूरोका संवादाता सहित मधेसी पत्रकारहरु समान्नित भएका छन् ।
सदैव सत्य एवं इमान्दारिताका साथ निष्ठाबान भइ कलम चलाइरहेका भन्दै मधेस मिडियाका केही पत्रकारहरुलाइ सम्मान गरिएका छन।
अन्तर्राष्ट्रिय प्रेस क्लब भारतको आयोजना राखिएका कार्यक्रम अन्तर्राष्ट्रिय पत्रकार सम्मान समारोहमा नेपालका प्रदेश न. १,२,३,४ का पत्रकारहरुलाइ सम्मान गरिएका छन।
नेपाल भारत मैत्री सुदृढीकरणमा पत्रकारको भुमिका कार्यक्रम मुख्य छलफल बिषयका साथ उक्त कार्यक्रमको उद्घाटन भा.प्र.से.का जिल्ला पदाधिकारी सुपोलका बैद्यनाथ यादबले गरेका थिए।
नेपाल भारत बिच रामायण महाभारत कालदेखि नै बेटिरोटिको सम्बन्ध रहेका कारण नेपालमा हुने भारतिय प्रतिको समस्या मुख्य नागरिकताका बिषय हुन जसलाइ कलमको सहयोगले समापन गर्न सकिन्छ र भारतिय मिडिया लगायतले सम्पुर्ण भारतबर्षले नै सहयोग गर्ने बताए,मुख्य अतिथी सेवा निवृत,जिल्ला एवं सत्र न्यायाधीश श्री अमरनाथ सहायले
कलम जुन आफैमा परिपुर्ण छन जसलाइ राष्ट्रकै चौथो दर्जमा राखिएका छन जुन मधेस र नेपालमा दलगत मिडिया हुने भएकोले स्वतन्त्र हुन नसकेको संचारकर्मी चन्दन रौनियारले बताए।
संगठन जसको पनि हुन्छ राष्ट्रिय अन्तर्राष्ट्रिय तर पत्रकारहरुको अन्तर्राष्ट्रिय संगठन नाम स्थापना गरिएको हो जसको माध्यमले बिश्वका कैयौं देश बिदेशका मिडियाकर्मिले खुलेर आफ्नो बिचार राख्न सक्छन न्युज कर्मी बिजय प्रसादलेसार्वजनिक गरे।
भनिन्छ एउटा राष्ट्रसेवक जुन नेता हुन्छ तर नेता भएर ल्याउन नसक्ने आमूल परिवर्तन एउटा कर्मनिष्ठ पत्रकारले ल्याउछ्न र सावित गरेर देखाउन सक्छन त्यसैले मेरो यो महायज्ञमा सम्पुर्ण संचारकर्मीहरुमा सघाइदिने आग्रह नेतृ प्रिति झाको भनाइ रहेको थियो।
कार्यक्रममा न्यूज ब्यूरोका धनुषा संवाददाता कुलदिप दास प्रेम, सुनसरी संवाददाता चन्दन रौनियार सहित ,श्याम सुतिहार (मोरङ),हिरा शाह (मोरङ), उषा उराव (मोरङ), पदम सरदार (मोरङ) ,बिकास राजवंशी (झापा) ,नितेष चौधरी (झापा), अनिल बर्मा (बारा) ,जितेन्द्र अक्षत (धनुषा) सबिर आलम (बारा) , गणेश कुमार शर्मा (सिरहा) ,पारसमनि ठाकुर धनुषा) र निभा झा (धनुषा) लाई सम्मान गरेको छ |
भारतका राजेश कुमार शर्मा अध्यक्ष भारत नेपाल सामाजिक सांस्कृतिक मंच सह पत्रकार राष्ट्रीय सहारा ,सशंक सुमन ,चंदन कुमार, अरुण झा ,प्रमोद कुमार यादवलगायत दुई देशका पत्रकारलाई कदरपत्र सहितको समान गरेको छ ।
उक्त कार्यक्रममा नेपाल र भारतका पत्रकारहरुको ७०जना उपस्थिति थियो
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…