प्रचण्ड पक्षधर नेतृ झाँक्रीलाई प्रहरीको पक्राउ पूर्जी
तर झाँक्रीले पक्राउ पूर्जी ल्याउन भनेपछि महाशाखाले राज्यविरुद्धको कसुर अन्तरगत दफा ५८ को कसुरमा अनुसन्धानका लागि तत्काल पक्राउ गर्नु परेको भन्दै पूर्जी थमाइएको छ ।

२०७७ माघ २९ बिहीबार, दिउँसो १:०५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमान्डौं । प्रचण्ड–माधव समूहकी नेतृ राम कुमारी झाँक्रीलाई प्रहरीले पक्राउ पूर्जी जारी गरेको छ । नेतृ झाँक्रीलाई प्रहरीले अहिले केही बेर अगाडी पक्राउ पूर्जी थमाएको हो ।
महानगरीय अपराध शाखा पिलर नम्बर ६ बाट जारी गरिएको पक्राउ पूर्जीमा नेतृ झाँक्रीलाई राज्यविरुद्धको कसुर अन्तरगत दफा ५८ को कसुर भन्दै पक्राउ पूर्जी जारी गरेको हो ।
प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीद्धारा हस्ताक्षरित पक्राउ पूर्जी नेतृ झाँक्रीलाई थमाउँदै समन्वय गर्न आग्रह गरेको हो । राष्ट्रपतिविरुद्ध अभिव्यक्ति दिएको भन्दै महानगरीय अपराध महाशाखाले सोधपुछका लागि बोलाएको थियो ।
तर झाँक्रीले पक्राउ पूर्जी ल्याउन भनेपछि महाशाखाले राज्यविरुद्धको कसुर अन्तरगत दफा ५८ को कसुरमा अनुसन्धानका लागि तत्काल पक्राउ गर्नु परेको भन्दै पूर्जी थमाइएको छ ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…