अधिकृत पासवान भन्छन् : 'स्पष्ट लक्ष्य ,अभ्यास र लगनशीलता अरुभन्दा फरक बनाउँछ'

२०७७ माघ २७ मंगलबार
बेलुकी ७:३५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ का आर्थिक मामिला तथा योजना मन्त्रालयका शाखा अधिकृत सुनिल कुमार पासवानले गायन क्षेत्रमा रुची राख्दै स्पष्ट लक्ष्य भएमा सफलताले शिखर चुम्ने विश्वास जाहेर गर्छन् । 

सँगीतमा रुची राख्ने अधिकृत पासवानले आफ्नो बाल्यकाल, गरिबी र दृढ विश्वासलाई टेकेर तराई मधेशको समाजिक रहनसहनमा आफूलाई सक्षम बनाएको बताउँछन् । प्रदेश नम्बर २ को आर्थिक मामिला तथा योजना मन्त्रालयमा शाखा अधिकृत पदमा कार्यरत पासवानले आफ्नो सँघर्षको कथा यसरी लेख्छन् :


मेरो जन्म नेपालको साविक भवानीपुर गा.वि.स.वार्ड नं.2 मा बुवा रुदल पासमान र आमा मन्जुदेवीको पासमानको घरमा वि.स.2048/01/15 गते भएको हो । मेरो जन्म भएको 15 दिन पछि मेरो हजुरबुवाको मृत्यु भयो जसले गर्दा आफ्नो हजुरबुबाको आशिर्वाद त पाये तर अनुहार चिन्न सक्नुभन्दा अगाडी नै वहाँ यो सन्सारबाट विदा हुनुभयो। म सानो छँदा मलाई मेरो हजुरआमाले असाध्यै माया गर्नु हुन्थयो किनभने म आफ्नो परिवारमा सबभन्दा जेठो सन्तान थिए।

मलाई मेरो काकाहरुले पनि असाध्यै माया गर्थे। सानैदेखि खेल्न र गीत संगितमा रुची भएको कारण अधिकांश समय खेल्न र गाउँगाउँमा गएर टेलिभजन हेर्थे। बुबा काम गर्न जानुहुन्थ्यो र एक दिन विहान म गुच्चा खेल्ने बेलामा आमाले बोलाउनुभयो।बुबाले पढ्न बस भन्नुभयो र क ख ..लेख्न लगाउनु भयो तर मलाई आएन।

म बिर्सिदिन त्यो दिन बुबाले मलाई पिटेको तर आज म बुबालाई धेरै धन्यवाद दिन चाहन्छु त्यो पिटाई थिएन बुबाको आशिर्वाद थियो त्यो ।त्यो दिनदेखि म पढ्न थाले र कक्षामा दोस्रो स्थानमा आए । त्यसपछि प्राथमिक कक्षा सकेर माध्यमिक कक्षाको पठाईको लागि अर्को विधालय गए।

त्यो विधालयमा पठ्दै गर्दा कक्षा 6 को परीक्षाको नतिजा आयो। हाम्रो पालामा परीक्षाको नतिजा स्कुलमा टाँस्ने गरिन्थ्यो। रिजल्ट आयो भनेर सबै जना स्कुल गए तर त्यो बेला म गाई चराउन गएकोले हतारहतार गाई लाई गोठमा बाँधेर स्कुलतिर जादै थिए।त्यतिकै उताबाट रिजल्ट हेरेर फर्केका साथीहरुले तिमी प्रथम भएको कुरा सुनाउनु भयो।मलाई विश्वास भएन र साथीहरुले जिस्काएको जस्तो लाग्यो तर विधालय गएर हेर्दा मेरो नाम साच्चै प्रथममा नै थियो।

त्यसपछि सात कक्षामा बुबाले एउटा एउटा किताब किनेर ल्याईदिनु भयो र मलाई भन्नुभयो कि सबैले भन्छ यो परीक्षा त विधालयको सरहरु नै लिन्छन र नतिजा दिन्छ यसमा त जो पनि फर्सट भैहाईल्छ। त्यसकारण कक्षा 8 को बोर्ड परिक्षामा फर्सट गरे पो सबैले फर्स मान्छ।

मलाई मनमनै झन शक्ति आयो। त्योबेला बुबाआमा दुबैजना काम गर्न बाहिर जानुहुन्थ्यो भाई बहिनीलाई खाना पकाएर दिनु खाना खुवाउनु गाईलाई कुटी काटेर दिनु गाईलाई स्याहार गर्नुपर्थ्यो।त्यति सब सकेर विधालय जान्थे र विधालयबाट फुटबल खेल्न बेलुका चौरमा जान्थे। म आफ्नो गाउँमा सिनियर फुटबल टिमको सबभन्दा जुनियर सदस्य हुने गर्थे त्यसकारण मलाई बाहिरको बलभित्र गर्ने जिम्मा हुन्थ्यो।यसरी म फुटबलमा समेत अधिक रुची राखेकोले जुनियर फुटबल टिमको क्यापटेन समेत भएर खेल्थे।

म विधालयमा पठ्नमा पनि रुची राख्थे।फर्सट विधार्थी भएको कारणले सबैले प्रश्न सोध्न आउँथै तर आफुले उतर दिन नसक्दा मन खिन्न हुन्थ्यो।त्यसपछि बुबाले मलाई गणितको गाईड ल्याईदिनु भयो। र म त्यो गाईडबाट गणितका समस्या समाधान गर्न थाले र मलाई गणितमा अधिक रुची जाग्यो।

म विधालयमा सबै विषयहरु बराबरी मात्रामा पढ्थे र सबै विषयमा राम्रो गर्थे।त्यसपछि कक्षा 8 को बार्षिक परिक्षा भएर नतिजा आयो र म पुन फर्सट भए। अनि बुबाले मलाई भन्नुभयो अब तिमी साच्चै फर्सट भयौ। र अब एस एल सी मा फर्सट डिभिजन ल्याउ अनि सबले तिमीलाई मान्छ।

त्योबेला म अलि ठूलो भएकोले अरुमा गएर काम गर्थे र आमाबुबालाई सघाउँथे। कक्षा 9 मा फुटबल खेल्ने बेलामा मेरो बाँया हात भाँच्यो र बुबाले अस्पताल लग्नुभयो र अबदेखि फुटबल कहिल्यै नखेल्नु भनेर भन्नुभयो। तर म गाई चराउन गएको बेला साथीहरुलाई फुटबल खेलेको देखेर म खेल्न थाले र मेरो पुन भाचिएको हात फेरी भाचियो।

तैपनि म फुटबल खेलिरहे।म कक्षा दशको बार्षिक परीक्षा दिए सबै परीक्षा दिए तर परीक्षाको बिचमा साथीहरुमा झगडा परियो र म पठ्न कम गरिदिए तै पनि एस एल सी को परीक्षा नतिजा आयो र 77 प्रतिशत अङ्क ल्याएर म स्कुलमा पुन फर्सट भए।

अब एस एल सी दियर म गाउँभन्दा 7 कि.मी. पर रहेको बोर्डिङ् स्कुलमा रु.1000 को महिनामा पढाउन थाले र उहि गाँउमा दुईजनाको छोराछोरालाई ट्युसन पढाउन थाले । एस एल सीको नतिजा तीन महिनामा आयो मलाई 11 मा पढ्नलाई पैसा चाहिएको थियो म  स्कुलको प्रिन्सिपलसँग पैसा मागे मलाई दिएन।

तीनचार दिन उसको घर गए तरपनि दिएन। म आफ्नो बुबासँग दलित विधार्थीलाई छात्रवृति दिने गैर सरकारी संस्थाहरुमा छात्रवृतिको लागि गए कसैले पनि छात्रवृति दिएन।मलाई डाक्टर बन्ने रहर थियो त्यसकारण रु.1000 लिएर जनकपुर आए।यहाँ केहि दिन बसे कलेजले पैसा माग्न थाल्यो ।रुममा एक्लै बसेकोले मलाई धैरै गाह्रो भयो र म जनकपुर छोडेर एच.ए. को प्रवेश परीक्षा दिन मोरङ्को उर्लावारी गए।

त्याहाँ पनि दलित विधार्थीहरुलाई छात्रवृति दिन्छ सुनेको थिए तर त्याहाँ जाँदा त्यस्तो कुनै व्यवस्था छैन भनेपछि म त्याहाँबाट फर्के त्यहि दिन लाहानको सफटेक कलेजमा एउटा सरले रु.1000 मा भर्ना गराईदिनु भयो र भन्नुभयो यदि तिमी त्रैमासिक परीक्षामा फर्सट गर्छौ भने पैसा माफ गरिदिन्छु त्यसपछि म गणित विषय लिएर पढ्न थाले र क्यामपसमा हुने व्क्तृतव्य कला प्रतियोगितमा फर्सट भए।

त्यसपछि जिल्ला स्तरीय व्यक्तृत्व कला प्रतियोगिता भयो र त्यसमा पनि प्रथम भए र क्षेत्रीय स्तरको प्रतियोगितामा चौथो स्थान ल्याए। मलाई कलेजले फिस माग्दैन्थ्यो तर जब बार्षिक परीक्षा आयो तब मलाई प्रवेश पत्र दिएन। म साँझसम्म कलेजमा बसे र बल्ल बेलुका मलाई प्रवेश पत्र दियो। म राम्ररी परीक्षा दिए।त्यसपछि म सरहरुलाई बोर्डिङ् स्कुलमा पढाउन लगाईनुस भनेर भने ताकि म क्यामसको पैसा तिर्न सकु। म बोर्डिङ् स्कुलमा पठाउँथे । म गणित पठ्थे तर विधालयमा विज्ञान सामाजिक र अंग्रजी पढाउँथे।

अधिकृत पासवानले गाएको एक गीतको झलक

विधालयले मलाई मासिक रु.1500 दिन्छ। यसरी पढाउँदै जाँदा कक्षा 11 को नतिजा आयो र म उक्त परिक्षामा समेत क्यामपस फर्सट भए। र कक्षा 12 को परीक्षा भयो त्यसमा पनि फर्सट भए। स्नातक पढ्न मलाई सफटेक कलेजकै संस्थापक यहि कलेजमा नै पढ्नु भन्नुभयो म त्यहि पढ्न थाले।

त्यसपछि म हरेक वर्ष फर्सट हुदै गए। मलाई दमन शोषण गर्ने मानिसहरु मन नपर्ने भएकोले म त्यस्ता व्यक्तिहरुसँग झगडा गर्नुभन्दा टाढा बस्न मन पराउँछु। त्यही भएर स्कुल पढाउने क्रममा लगभग लाहानका अधिकाश विधालयहरुमा गणित पठाए। त्यसपछि लाहान छोडेर मिर्चैयामा पढाउन थाले। मिर्चैयामा दिन रात पठाउँथे र केहि पैसा जम्मा गरेर स्नाकोत्तर पढ्नका लागि काठमान्डौ किर्तीपुर गए।केन्द्रिय क्यामपसमा भर्ना भए र पढे त्याहाँ पनि पहिलो सेमेस्टर ,दोस्रो सेमेस्टर,तेस्रो सेमेस्टरमा First भए।

म दोस्रो सेमेस्टर र तेस्रो सेमेस्टर पढ्दै गर्दा साथीहरुलाई पढ्न गाह्रो लाग्ने विषय शिक्षा र विकार र समसामायिक शैक्षिक मुद्धाहरु नामक नोट लेखेर त्यसबाट कलेजमा मलाई सरहरुले राम्रो मान्नुभएन । मलाई कलेजबाट निकालदिने कारबाहि समेत गर्ने कुरा गर्नुभयो। म राति 10 बजेसम्म कलेलको विभाग प्रमुखको घरको आगाडि बसेरको थिए र राति मलाई आजदेखि यस्तो गल्ति नगर्नु भनेर चेतावनी दिनुभयो। मेरो मन साह्रे दुख्यो।

मलाई पैसा कमाउने ईच्छा थिएन केबल साथीहरुलाई पढ्न सहयोग गर्नु थियो। अन्तिम सेमेस्टरमा म आंशिक रुपमा विधालय/कलेजमा पढाउन थाले।र स्नाकोत्तरको नतिजा आयो र सम्रगमा म प्रथम भए। त्यसपछि म निम्नमाध्यमिक तहमा शिक्षक सेवामा पुर्वाञ्चलबाट खुल्लामा 4 नम्बरमा नाम निकाले तर मेरो सपना त्रिभुवन विश्वविधालयमै पठाउने ईच्छा भएकोले म काम गर्न गईन। तर त्याहाँ मलाई लागेन कि म पढाउन पाउँछु र म पुर्वाञ्चल मा माध्यमिक तहमा खुल्लाबाट 1 नम्बरमा नाम निकाले। र मोरङ्मा काम गर्न थाले। त्यही काम गर्दा शिक्षक सेवाका लागि निम्नमाध्यमिक र माध्यमिक तहका विधार्थिहरुको लागि सहयोगि साम्रगी समेत लेखन गरे।

शिक्षक भएर काम गर्दा सबैले तिमी लोकसेवातिर आउ राम्रो गर्न सक्छौ भनेर भन्यो तर मलाई पढाउन धैरै रहर भएकोले म कसैको कुरा सुन्दिनथे।तर समाजको संरचना र अवस्थाको आगाडी केही लागेन र म लोकसेवा पढ्न थाले। विधालयमा पढाउने,खाना पकाउने र पढ्ने मेरो दिनचर्या बन्यो र म नायब सुब्बामा नाम निकाले र  त्यही बर्ष शाखा अधिकृतमा समेत नाम निकाल्न सफल भएकोले नायव सुब्बाको नियुक्ति नलिई शाखा अधिकृतमा सिफारिस भए र हाल समायोजन भई प्रदेश सरकारमा यहि पदमा कार्यरत छु।

त्यसपछि म घरमा आफ्नो भाईहरुलाई पनि लोकसेवा पढ्न उत्प्रेरित गरे र हाल मेरो दुबै भाईहरु सुजित कुमार पासमान( हाल स्थानीय तहको नायब सुब्बा) र जितेन्द्र कुमार पासमान( हाल खरिदार पद संघ ) निजामति सेवामा कार्यरत छ।समाजसेवा गर्ने मेरो तिव्र ईच्छाशक्ति रहेको छ। म जुन परिवेश र समस्याहरुलाई पार गर्दै यहाँसम्म पुगे भविष्यमा कुनै पनि नेपालीले भोग्नु नपरोस् भने मेरो सपना छ।

गित संगित सुन्न र गाउन मन पर्ने भएकोले हाल एउटा गीत गाउने प्रयास गरेको छु। जीवनमा म आफुलाई एक आर्दश शिक्षक,असल कर्मचारी भएर  एक असल मानव रुपमा चिनाउन चाहन्छु। मैले सुनेको छु कि जीवनमा खुट्टा तान्ने धेरै हुन्छ तर म हेर्छु मलाई आगाडि बढ्न कसैले पनि खुट्टा तानेन। त्यसका लागि म जीवनमा म आफ्नो ईश्वर प्रति कृतज्ञता प्रकट गर्न चाहन्छु।र मलाई माया गर्ने मलाई सहयोग गर्ने र मलाई मेरो जीवन अर्थपुर्ण छ भनेर सिकाउने सबै शिक्षकहरु ,साथीहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु।

  • 14%
  • 0%
  • 0%
  • 4%
  • 4%
  • 0%

जनकपुरकी 'आरती सिँह' मिसेज नेपाल २०२० की प्रतियोगी, भोटको लागि अपिल, अब केही घण्टा बाँकी

  • २०७७ माघ २७ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम । मिसेज नेपाल टुरिज्म २०२० की प्रतियोगी लागि जनकपुरकी आरती सिँहले आफूलाई भोंट गरी जिताउन अपिल गरेकी छन् ।    आज (मँगलबार) हुने प्रतियोगिताको ग्राण्ड फिनालेको लागि बिहान १२

पूरा पढ्नुहोस्

Bureau Menus