शुक्रबार ३० गते सार्वजनिक विदाको घोषणा
यसअघि यी विदाहरुमा कटौती गरिएपनि अहिले संसद विघटनपछि उब्जिएको राजनीतिक घटनाक्रमसँगै सरकारले यी चाड पर्वहरुमा फेरि सार्वजनिक बिदा दिन लागेको छ ।

२०७७ माघ २७ मंगलबार, बेलुकी ५:०७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल सरकारले आगामी माघ ३० गते सार्वजनिक विदा दिने निर्णय गरेको हो । यस बर्ष सोनाम ल्होछार पर्वको अवसरमा माघ ३० गते सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले माघ ३० गते ल्होछारको अवसरमा एक दिने सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सोनाम ल्होछारलाई नयाँ वर्षको रुपमा तामाङ, ह्योल्मोलगायतका हिमाली समुदायले मनाउने गर्दछन् ।
यसअघि सरकारले कार्यदिन बढाउन भन्दै ल्होछार, माघे संक्रान्ति लगायतका चाड पर्वको बिदा कटौती गरेको थियो । माघ ३० गते शुक्रबार परेकोले शुक्रबार सार्वजनिक विदा सहित भोलीपल्ट शनिबार पनि सार्वजनिक विदै पर्ने भएको छ ।
यसअघि यी विदाहरुमा कटौती गरिएपनि अहिले संसद विघटनपछि उब्जिएको राजनीतिक घटनाक्रमसँगै सरकारले यी चाड पर्वहरुमा फेरि सार्वजनिक बिदा दिन लागेको छ ।
यसअघि माघे संक्रान्तिको दिन पनि सार्वजनिक बिदा दिइएको थियो । तर पुस १५ मा मनाइएको तमु ल्होसारको दिन भने सरकारले सम्बन्धित जाती समुदायलाई मात्रै विदा दिएको थियो ।
सरकारले २०५१ सालदेखि सोनाम ल्होछारको दिन बिदा दिँदै आएको थियो । तर ओली नेतृत्वको सरकारले २०७४ सालदेखि सो दिनको बिदा कटौती गरेको थियो । सो वर्ष पुरै बिदा दिने गरिएका १० वटालाई आंशिक बनाइएको थियो भने १२ वटा बिदा पूर्णरुपमा कटौती गरिएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…