कक्षा ११ को किताबमा शहीद झाका जीवनीबारे भ्रमपूर्ण पदावली
शहीद दुर्गानन्दको आमाको नाम सुकुमारी देवी झा र जन्मस्थान धनुषा जिल्लाको जटही रहेको छ । त्यस्तै शहादत मिति विस। २०२० माघ १५ गते हुनुपर्नेमा माघ ५ गते उल्लेख गरिएको पाइएको छ ।

२०७७ माघ २४ शनिबार, बेलुकी ७:५४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रथम गणतान्त्रिक शहीद दुर्गानन्द झाको जीवनी बारेमा कक्षा ११ को नेपाली विषयको पुस्तकमा भ्रमपूर्ण पदावली उल्लेख गरिएको पाइएको छ ।
सो पुस्तकको पाना नं. ६१ मा सिर्जना र परियोजनाअन्तर्गत पदावलीका आधारमा जीवनी लेखन भनी उल्लेख गरिएका पदावलीहरू भ्रमपूर्ण रहेको पाइएको हो ।
शहीद झाको जीवनी बारेको पदावलीमा आमाको नाम, जन्मस्थान र शहादत मिति गलत हुनुका साथै शहीदमा विभेदपूर्ण शब्दको प्रयोग गरिएको छ । पुस्तकमा झाको आमाको नाम देविका झा, जन्मस्थान सिरहा जिल्लाको जटही र तराईमूलका शहीद उल्लेख छ ।
शहीद दुर्गानन्दको आमाको नाम सुकुमारी देवी झा र जन्मस्थान धनुषा जिल्लाको जटही रहेको छ । त्यस्तै शहादत मिति विस। २०२० माघ १५ गते हुनुपर्नेमा माघ ५ गते उल्लेख गरिएको पाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…