सुपारी दिएर आफ्नै छोरीलाई मार्ने बुवा सहित ६ जनालाई जेल
गत कात्तिक २६ गते राति साढे ११ बजेको समयमा साहले आफ्नो १७ वर्षीय छोरी अमृता कुमारीलाई मार्न लगाएका थिए ।

२०७७ माघ २० मंगलबार, बिहान ९:०७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगँज । पैसा दिएर आफ्नै छोरीको हत्या गर्न लगाउँने बुवासहित ६ जनालाई जले चलान गरिएको छ । सोही मुद्दामा मुछिएकी मृतककी आमालाई भने १ लाख रुपैयाँ धरौटीमा रिहा गरिएको छ ।
छोरीलाई मार्न पैसा दिएर हत्या गर्न लगाएको आरोपमा पक्राउ परेका रौतहटको माधव नारायण नगरपालिका वडा नम्बर ७ लौकाहा बस्ने किशोरीको बुवा रामअयोध्या साह तेली, रौतहट परोहा नगरपालिका वडा नम्बर ४ बस्ने अमृताका भिनाजु छोटेलाल साह, देवाही गोनाही नगरपालिका वडा नम्बर २ लक्ष्मिनीया करुनियाका शेख अलियास, बहुदल भन्ने ईस्लाम अंसारी, शेख ईम्ताज, कैमुल देवान पुर्पक्षका लागि जेल चलान भएका छन् ।
गत कात्तिक २६ गते राति साढे ११ बजेको समयमा साहले आफ्नो १७ वर्षीय छोरी अमृता कुमारीलाई मार्न लगाएका थिए । अमृताको कन्चटमा गोली हानी हत्या गरिएको प्रहरीलाई उदृत गर्दै पर्साबाट प्रकाशित हुने यात्राडेलीको अनलाइन सँस्करणमा समाचार छ ।
माइतीघरमा आमासँग सुतिरहेको अवस्थामा अमृतालाई कन्चटमा गोली हानिएको थियो । सोही घटनाको बारेमा अनुसन्धान गर्दै जाँदा प्रहरीले इज्जत जाने डरले अमृताकै बुवाआमाले रकम दिएर हत्या गराएको खुलेको थियो ।
मृतक अमृताको आफ्नै टोलका एक युवकसँग प्रेम सम्बन्ध रहेको तथा सोही युवकसँग अमृता भागेर गए इज्जत जाने डरका कारण आमा बुवाले सुपारी दिएर उनको हत्या गराएको प्रहरीले बताएको थियो ।
गत वर्ष फागुनमा सर्लाहीको विष्णु गाउँपालिका वडा नम्बर ३ का रुपेश साहसँग मागी विवाह भएपनि अम्रिता माइतीघरमै बस्दै आएकी थिइन् । अनुसन्धानको क्रममा सोही ठाउँ बस्ने ३० वर्षीय थारु भनिने सोसिन्द्र भगतसँग अमृताको विगत तीन वर्षदेखि प्रेम सम्बन्ध रहेको खुल्न आएको थियो ।
सोही कारण अमृताको हत्या गर्ने योजना बनेको थियो । आमा बुवाले ज्वाइँ छोटेलाल साह मार्फत १ लाख ५० हजार सुपारी दिएर हत्या गराउन लगाएका प्रहरीको दाबी छ ।
यात्राडेलीको सहयोगमा
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…