समाजवादी अटो इन्जिनियरिङ संघको अध्यक्षमा पुनः महतो
राष्ट्रिय सम्मेलनले अध्यक्षमा महतोसहित २० सदस्य नयाँ कार्य समिति चयन गरेको छ । चयन भएका नयाँ कार्य समितिमा उपाध्यक्षमा १, महासचिवमा १, उपमहासचिवमा १, सचिवमा ३, कोषाध्यक्षमा १ र अन्य सदस्यहरु छन् ।

२०७७ माघ २० मंगलबार, बिहान ८:४४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । अटो इन्जिनियरिङ्ग श्रमिकहरुको संगठन नेपाल समाजवादी अटो (ई.) श्रमिक संघको दोस्रो राष्ट्रिय सम्मेलनबाट महतोलाई अध्यक्षमा चयन गरिएको छ ।
प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामस्थित मत्स्य पालन केन्द्रमा शनिबार भएको सम्मेलनले केन्द्रिय अध्यक्ष पदमा तेस्रो पटक जगदिस महतोलाई चयन गर्दै सम्मेलन समापन भएको हो ।
संस्थापक अध्यक्ष समेत रहेका महतो काठमाडौंमा भएको पहिलो सम्मेलनबाट अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका थिए भने जनकपुरमा भएको दोस्रो राष्ट्रिय सम्मेलनले तेस्रो पटक अध्यक्ष पदमा निर्विरोध निर्वाचित गरेको छ ।
राष्ट्रिय सम्मेलनले अध्यक्षमा महतोसहित २० सदस्य नयाँ कार्य समिति चयन गरेको छ । चयन भएका नयाँ कार्य समितिमा उपाध्यक्षमा १, महासचिवमा १, उपमहासचिवमा १, सचिवमा ३, कोषाध्यक्षमा १ र अन्य सदस्यहरु छन् ।
सम्मेलनबाट निस्कृय रहेको पदाधिकारीहरुलाई विश्राम दिइएको र सक्रिय सदस्यहरुलाई नयाँ कार्य समितिमा ल्याएको अध्यक्ष महतोले बताए । संघका ब्याक्ती लाई जुनसुकै बेला साथमा बस्ने प्रतिबद्धता समेत जाहेर गरे । उनले सम्मेलनबाटै प्रदेश २ स्तरीय कमिटी पनि गठन गरेको जनाए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…