मुख्यमन्त्री- मन्दिर न मस्जिद, पहिले शहिदको शरणमा
मुख्यमन्त्री मो. राउत मुस्लिम समुदायबाट भएपछि प्रदेशमा हिन्दुवादीहरुले विरोध समेत गरेका छन् ।

२०७४ फागुन ३ बिहीबार, दिउँसो ४:१७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, ३ फागुन । प्रदेश नं. २ का प्रथम मुख्यमन्त्री मो. लालबाबु राउत मुख्यमन्त्रीको सपथ ग्रहण गर्दै पहिले शहिदको शरणमा पुगेका छन् ।
मुख्यमन्त्री बने लगत्तै शपथ लिएपछि पहिले मन्दिर जाने की मस्जिद भनेर सँचारमाध्यम सहित जन समुदायमा कौहुल्ता छाएपछि मुख्यमन्त्री राउतले पहिले शहिदलाई माल्यार्पण गर्दा सबैलाई चकित पारेका छन् ।
तेस्रो मधेस आन्दोलनमा शहिद भएका धनुषाका शहिदहरुको समाधि उपर माल्यार्पण गरी शहिदलाई सम्मान गर्दै मुख्यमन्त्रीको जिम्मेवारी निभाएका हुन् ।
मुख्यमन्त्री मो. राउत मुस्लिम समुदायबाट भएपछि प्रदेशमा हिन्दुवादीहरुले विरोध समेत गरेका छन् ।
मुख्यमन्त्री भएलगत्तै सपथपछि पहिले जानकी मन्दिर दर्शन गर्न जाने की जानकी मन्दिर पछाडी रहेको मस्जिदमा जाने भनेर कौहुल्ता बढेको थियो ।
तर मुख्यमन्त्रीको सपथ ग्रहण गरेलगत्तै शहिदलाई सम्झेर मन्दिर मस्जिद नगई राज्यधर्म निर्वाह गरेका हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…