जनकपुरः डिस्टिलरीका मालिक आफ्नै कोठामा मृत फेला !
प्रहरीका अनुसार, रेग्मीको मृत्यू शंकास्पद रहेकोले डिस्टिलरीमा गएर प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको बताएको छ ।

२०७७ माघ १५ बिहीबार, बिहान ९:१७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मदिरा उत्पादक एक कम्पनीका मालिक आफ्नै कोठामा मृत अवस्थामा फेला परेको छ । धनुषाको क्षीरेश्वर डिस्टिलरीका प्रबन्धक निर्देशक मृत फेला परेका हुन् ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ७ हरिहरपुर स्थित रहेको क्षीरेश्वर डिस्टिलरीका प्रबन्धक निर्देशक प्रमोद रेग्मी आफ्नै कोठामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
गत माघ १३ गते बेलुकी करिब ७ बजेको समयमा फ्याक्ट्रीबाट रेग्मी मृत अवस्थामा भेटिएको खवर पाएलगत्तै पुगेको प्रहरीले अनुसन्धान सुरु गरेको थियो । गत मँगलबार साँझ उनले सुत्ने कोठामा अबेरसम्म बत्ति नबालेपछि डिस्लिटरीको लेखापालले शंका लागेको तथा बिहान मात्र मृत अवस्थामा भेटिएको प्रहरी प्रवक्ता मकेन्द्र मिश्रले बताए ।
यता, स्थानीयहरुका अनुसार मृतक रेग्मी मँगबार रक्सी खाएर मातेका थिए भने उनलाई चोट समेत लागेको थियो । बुधबार बिहान लेखापालले उनकै कोठामा मृत अवस्थामा भेटेपछि प्रहरीलाई खवर गरेको थियो ।
मृतक प्रदेश नम्बर १ को उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नं. ७ चुहाडे टोल बस्ने अन्दाजी बर्ष ५५ का प्रमोद रेग्मी हुन् । रेग्मी क्षीरेश्वर डिस्टिलरीका मालिक (साहु) हुन् । उनको शंकास्पद मृत्यू रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
मृतक रेग्मीको शव पोष्टमार्टमको लागि जनकपुर स्थित प्रादेशिक अस्पतालमा ल्याइएको जनाउँदै शवसँगै आएका एक जनालाई अहिले नियन्त्रणमा राखेर सोधपुछ जारी राखिएको बताइएको छ ।
प्रहरीका अनुसार, रेग्मीको मृत्यू शंकास्पद रहेकोले डिस्टिलरीमा गएर प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको बताएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…