जनकपुर यातायात कार्यालयमा ४ घण्टादेखि अख्तियारको छापा , १ करोड घुसको आशंका !
यातायात कार्यालयमा गैर कानुनी तवरले लाईसेन्स बनाइदिने वापतको करिब १ करोड रुपैयाँ नगद घुस हुन सक्ने अनुमान गरिएको छ ।
२०७७ माघ १३ मंगलबार, बेलुकी ७:१५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरस्थित यातायात कार्यालयमा विगत ४ घण्टादेखि निरन्तर अख्तियारको टोली छापा मार्ने क्रम जारी राखेको छ ।
यातायात कार्यालय जनकपुरमा घुस वापतको मोटो रकम नगद रहेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले अपरान्ह ४ बजेदेखि नै कार्यालयमा छापामारी जारी राखेको छ ।
अपरान्ह ४ बजे नै कार्यालय पसेका अख्तियारको टोलीले अझै पनि छापा हान्ने क्रम जारी राखेको छ । अख्तियार बर्दिवासलाई लाईसेन्स वापत उठाएको मोटो घुस रकम कार्यालय भित्र नगद नै फेला पर्ने जानकारी गएपछि टोली छापा हानेका हुन् ।
अख्तियार कार्यालय बर्दिवासका अधिकृत मनिराम ज्ञवालीका अनुसार छापा हान्ने क्रम अझै जारी रहेको छ भने अझै समय लाग्न सक्ने अनुमान गरिएको छ । गोप्य सूचनामा यातायात कार्यालय जनकपुरमा अवैद्य रकम भेटाउने जानकारी आएपछि टोलीले अपरान्ह ४ बजेदेखि नै छापामारी सुरु गरेको हो ।
अख्तियारको टोली कार्यालय पसेपछि कर्मचारीहरु पनि भाग्न खोजेका थिए । टोलीले अहिले कर्मचारीहरुलाई पनि कार्यालयभित्रै थुनेर राखेका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १४ स्थित रहेको यातायात कार्यालयमा अख्तियारको टोली सुक्ष्म रुपमा खोजबिन कार्य गर्दैछ भने बाहिरबाट प्रहरीले कार्यालयको मुख्यद्धार ब्लोक गरिदिएको छ ।
जानकारी अनुसार, यातायात कार्यालयमा गैर कानुनी तवरले लाईसेन्स बनाइदिने वापतको करिब १ करोड रुपैयाँ नगद घुस हुन सक्ने अनुमान गरिएको छ । यद्यपी, टोलीले अझै अनुसन्धान नसकाएको बताइएको छ ।
यसबारे थप विवरण आउन बाँकी छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
सलामत राईन
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…