अलोकतान्त्रिकको विरुद्ध काङ्ग्रेस कहिल्यै पछि हटदैन : युवा नेता मण्डल
उक्त कदमविरुद्ध काँग्रेसले पुस १३ गते १ सय ६५ निर्वाचन क्षेत्रमा,र पुस २५ गते ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा र माघ ३ गते ७ सय ५३ पालिकाहरुमा विरोध प्रदर्शनको आयोजना गरेको मण्डलले बताए ।

२०७७ माघ १३ मंगलबार, बिहान ९:१८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । नेपाली काँग्रेसका भातृ सँगठन तरुण सिरहाका सदस्य एवम् युवा नेता अरबिन्द मण्डलले असंवैधानिक र अलोकतान्त्रिकको विरुद्धको आन्दोलनबाट नेपाली काँग्रेस कहिले पनि पछी नहटने बताएका छन् ।
नेपाली काङ्ग्रेस सिरहाले जिल्ला भरी संसद विघटनको विरोधमा विभिन्न समयमा गरेको आन्दोलन सार्थक रहेको जनाउँदै उनले प्रतिगमन विरुद्धको आन्दोलनमा काँग्रेस अझै कडा भएर जाने बताए ।
न्यूज ब्यूरोसँगको संक्षिप्त कुराकानीको क्रममा नेता मण्डलले प्रधानमन्त्री केपी शर्मा ओलिले संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै देश भरि काँग्रेस सहित विभिन्न पार्टीका राजनीति प्रतिनिधिहरुले आन्दोलनमा उत्रिएका छन् र काँग्रेस अझै कडा प्रस्तुत हुने बताए ।
नेपाल तरुण दल सिरहा लगायत देश भरीका तरुण दल बिरोध प्रदर्शन गरेको औल्याउँदै उनले देश भरिमा तरुणदलले गर्दै आएको चरणबद्ध आन्दोलनमध्ये सिरहाको आन्दोलन अग्रनी र प्रभावकारी रहेको युवा नेता मण्डलको दाबी छ ।
काँग्रेसले संसद विघटनको विरोधमा देशभरका ६ हजार ७ सय ४३ वडाहरुमा विरोध प्रदर्शनको कार्यक्रम आयोजना गरेका थिए । काँग्रेसले संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै आएको छ ।
उक्त कदमविरुद्ध काँग्रेसले पुस १३ गते १ सय ६५ निर्वाचन क्षेत्रमा,र पुस २५ गते ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा र माघ ३ गते ७ सय ५३ पालिकाहरुमा विरोध प्रदर्शनको आयोजना गरेको मण्डलले बताए ।
यस्तो अर्जक्ता सरकारकारको विरुद्वमा तरुण दल सिरहाले चरण बध आन्दोलन गर्न पछाडी नहट्ने उनको जीकिर छ । काङ्ग्रेसका सम्पुर्ण बिरोधका कार्यक्रम सार्थक र असंवैधानिक र अलोकतान्त्रिकको विरुद्धको आन्दोलनबाट कहिले पछी नहट्ने अडान राखेको सुनाए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…