बोर्डरमा घुमुवा प्रहरीको सेटिँग भनेर लगाएको आरोप निराधार : वडाध्यक्ष गोहितमान
महिनाथपुर ठाढी नाकामा अहिले ईलाका प्रहरी कार्यालय खजुरी समेत सीमा प्रहरी ठाढीले समेत कडाई गरेको हो ।

२०७७ माघ १३ मंगलबार, बिहान ७:४३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको सीमावर्ती क्षेत्र ठाढी महिनाथपुर सीमानाकामा नेपाल प्रहरीका घुमुवा सँतोष पाण्डे उपर लगाइएको आरोप निराधार रहेको बताईएको छ ।
विदेह नगरपालिका वडा नं. ४ का वडाध्यक्ष विनोद गोहितमानले घुमुवा प्रहरी सँतोष पाण्डेको सन्दर्भमा आएको समाचार बारे यथार्थ र स्थलगत खोजबिन गरेपछि पाण्डेको त्यस्तो कुनै सँलग्नता नदेखिएको बताए ।
उनले सीमानाकामा घुमुवा पाण्डेले कडाई गरेपछि त्यसबाट आजित केही तस्करहरुले व्यक्तिगत फाईदा र स्वार्थको लागि निराधार आरोप लगाएको दाबी गरे । सो सन्दर्भमा घुमुवा पाण्डेले समेत आफूलाई फँसाउन खोजेको र सीमामा कडाई गरेपछि केहीलाई अपाच्य भएको बताए ।
गत शुक्रबार माघ ९ गते न्यूज ब्यूरोमा प्रकाशित “बोर्डरमा प्रहरी घुमुवा पाण्डेको सेटिँगमा तस्करी, खजुरीका ईन्सपेक्टरले गरे छापामारी” शिर्षकको समाचारप्रति ध्यानाकर्षण गर्दै वडाध्यक्ष गोहितमानले स्थानीयहरुसँग समेत सोधपुछ गर्दा त्यस्तो केही पनि नरहेको सुनाएको बताए ।
यसका साथै, समाचारमा केही जनप्रतिनीधिहरुको समेत सँलग्नता रहेको उपर खण्डन गर्दै उनले विभिन्न समयमा अवैद्य तवरले समान पास गराइदिन सिफारिस मागेको र अवैद्य कार्यको लागि सिफारिस नगरिदिएको झोंकमा वा रिसबीले यस्तो प्रतिक्रिया दिएको हुन सक्ने बताए ।
वडाध्यक्ष गोहितमानले घुमुवा सँतोष पाण्डेको छवी उपर कसैले सुनुयोजित तवरले दाग लगाउन खोजको बताउँदै जिल्लामा नयाँ नेतृत्व आएपछि झन कडाईका साथ सीमामा चेकजाँच बढाएको बताए ।
ठाढी झिझामै तस्करहरुलाई कडाई गरेपछि र समान जफत गर्न थालेपछि पाण्डेलाई सुनुयोजित तवरले फँसाउन मात्र खोजेको उनले बताए । यसका साथै, उनले कुनै जनप्रतिनीधिको सँलग्नता नभएको खण्डन गर्दै आरोप निराधार रहेको दाबी गरे ।
महिनाथपुर ठाढी नाकामा अहिले ईलाका प्रहरी कार्यालय खजुरी समेत सीमा प्रहरी ठाढीले समेत कडाई गरेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, संवाददाता
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…