व्यापार मेलामा अश्लिल 'ओरकेष्ट्रा' , प्रशासन अनभिज्ञ ? (भिडियो सहित)
न्यूज ब्यूरो || जनकपुरधाम, ३ फागुन । स्थानीय प्रशासनले जिल्लामा अश्लिल ओरकेष्ट्रा नचाउन प्रतिबन्ध लगाएपनि प्रशासन कार्यालय अगाडी नै अश्लिल ओरकेष्ट्रा नचाइएको छ । उद्योग वाणिज्य सँघ जनकपुरले जनकपुरमा आयोजना गरेको जनकपुर व्यापार मेलामा गएराती अश्लिल ओरकेष्ट्रा नचाएका हुन् । जिल्ला प्रशासन कार्यालय धनु

२०७४ फागुन ३ बिहीबार, बिहान ११:२९ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, ३ फागुन ।
स्थानीय प्रशासनले जिल्लामा अश्लिल ओरकेष्ट्रा नचाउन प्रतिबन्ध लगाएपनि प्रशासन कार्यालय अगाडी नै अश्लिल ओरकेष्ट्रा नचाइएको छ ।
उद्योग वाणिज्य सँघ जनकपुरले जनकपुरमा आयोजना गरेको जनकपुर व्यापार मेलामा गएराती अश्लिल ओरकेष्ट्रा नचाएका हुन् ।
जिल्ला प्रशासन कार्यालय धनुषा र जिल्ला प्रहरी कार्यालय धनुषाले डिजे र अश्लिल नृत्यमा रोक लगाएपनि जिल्ला प्रहरी कार्यालय धनुषाकै ठिक सामुन्ने रहेको तिरहुतिया गाछीमा रातभरि महिला नर्तकीले अश्लिल भोजपुरी गीतमा नृत्य गरे प्रहरी हेर्दै बसे ।
कुनै बेला जनकपुर उद्योग वाणिज्य संघले समेत अश्लिल गीत र महिला नर्तकी तथा ओरकेष्ट्रामा रोक लगाएपनि आफूले नै आयोजना गरेको व्यापार मेलामा फाईदाको हिसाबले महिला नर्तकी नचाएका हुन् ।
जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) दिलीप कुमार चापागाईले अश्लिल ओरकेष्ट्रा र महिला नर्तकी नचाउने बारे आफूलाई कुनै जानकारी नभएको तथा जिप्रकाबाट कुनै प्रकारको त्यस्तो अनुमति नदिइएको न्यूज ब्यूरोसँग भने ।
'जिल्लाभरिमा महिला नर्तकी र अश्लिल गीतमा नृत्य गर्न पाउँदैन, समाजिक सद्भाव खलबल्लीने गरी त्यस्तो कुनै प्रकारको गतिविधि क्रियाकलाप गर्न पाउँदैन ।' उनले भने ।
भिडियोमा ओरकेष्टा
यता, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख तथा धनुषाका प्रहरी उपरीक्षक (एसपी) चक्र बहादुर सिँहले ८ बजेराती नै बन्द गराइसकेको प्रतिक्रिया दिए ।
उनले भने, हामी राती ८ बजे नै त्यस्ता केही नगर्न गराउन आदेश दिएका थियौँ, त्यसपछि के भयो आफूलाई जानकारी नै भएन ।
तपाईको कार्यालयको लगत्तै ठिक्क अगाडीमै छ तिरहुतिया गाछी र त्यसमा भोजपुरी अश्लिल गीतमा यतिको चर्को साउण्डमा ओरकेष्टा भयो अनि तपाईले केही थाहा पाउनु भएन ? उनले भने, हामी बन्द गराएपछि के भयो पत्तो भएन |
यता, जनकपुरका मेयर लालकिशोर साहसँग यसबारे बुझन खोज्दा सम्पर्क हुन सकेन । बारम्बार फोन सम्पर्क गर्दा फोन नउठाएको हो ।
ओरकेष्टा मेयर साहकै ईसारामा भएको केही युवाहरुले प्रतिक्रिया दिएका छन् । जबसम्म नगरपालिकाले अनुमति दिदैन तबसम्म कुनै प्रकारको गतिविधि गर्न सक्दैन भन्ने आधारमा मेयरले अनुमति दिएको छ वा छैन भने अन्योल छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…