ट्रकले ठक्कर दिएपछि एक जनाको घटनास्थलमै मृत्यू !
त्यस्तै,रौतहटको यमुनामाई गाउँपालिका वडा नं.४ मा ट्याक्टरमा भ्यान ठोक्किँदा भ्यानका चालकको ज्यान गएको छ ।

२०७७ माघ ११ आइतबार, राति ९:०३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बारा । प्रदेश नम्बर २ बारामा गाडी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । बाराको पर्वानीपुर गाउँपालिका वडा नं। ४ चैनपुरमा ट्रकको ठक्करबाट पैदलयात्री भारतीय नागरिकको ज्यान गएको हो ।
प्रदेश ३- ०३ ००१ ख ०००९ नम्बरको ट्रकको ठक्करबाट भारतीय नागरिक चन्दन गुप्ताको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । गुप्ताको उपचारका क्रममा बयोधा अस्पताल विरगञ्जमा ज्यान गएको हो ।
त्यस्तै,रौतहटको यमुनामाई गाउँपालिका वडा नं.४ मा ट्याक्टरमा भ्यान ठोक्किँदा भ्यानका चालकको ज्यान गएको छ ।
ना ५ त ९२ ८३ नम्बरको ट्र्याक्टरमा ना १ ज ४८ ९५ नम्बरको भ्यानमा ठोक्किएर दुर्घटना हुँदा भ्यानका चालक रौतहटको गरुडा नगरपालिका वडा नं.९ का राजेशकुमार सहनीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…