बोलेरो अनियन्त्रित भएर २० मिटर तल खस्यो, एक जनाको मृत्यू !
सिन्धुली हुँदै खुर्कोटतर्फ जाँदै गरेको ज१च १३५४ नंको बलेरो आफैं अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल खसेको थियो ।

२०७७ माघ १० शनिबार, राति १०:३१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बर्दिवास । बोलेरो दुर्घटना हुँदा शनिबार एक जनाको मृत्यू भएको छ । बागमति प्रदेशको सिन्धुलीमा शनिबार बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा महोत्तरीको रामगोपालपुर नगरपालिका–५ कञ्चनपुर निवासी ४१ वर्षीय वसन्त मुखिया रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार मुखियाको उपचारका क्रममा मृत्यु भएको हो ।
सिन्धुली हुँदै खुर्कोटतर्फ जाँदै गरेको ज१च १३५४ नंको बलेरो आफैं अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल खसेको थियो ।
बोलेरो चालक धनुषाका गोविन्दपुर–६ का अन्दाजी २२ वर्षीय सिजल यादव गम्भीर घाइते हुनुभएका छन् । उनको सिन्धुली अस्पताल उपचारपश्चात थप उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…