जसपाका जानी खान ओली शरणमा, जसपाले यूज मात्र गरेको आरोप
यसका साथै, उनले मधेशको मुद्दालाई पुनः जागृत गरी मधेशीको हक अधिकारको लागि नेकपामा गएको बताउँदै जसपाले मात्र मधेशको नाम भँजाएर खाएको औल्याए ।

२०७७ माघ १० शनिबार, दिउँसो २:०२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टीका युवा नेता जानी खान प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टीमा गएका छन् ।
तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) का जिल्ला उपाध्यक्ष समेत रहेका जानी खानले शनिबार विधिवत रुपमा आफू केपी ओलीको पार्टीमा गएको घोषणा गरेका छन् । जसपाले आफूहरुलाई यूज मात्र गरेको भन्दै ओलीसँग गएको बताएका छन् ।
न्यूज ब्यूरोसँगको संक्षिप्त कुराकानीमा खानले जसपाका नेताहरुले यत्रो दिन देखि प्रयोग गरी आफ्नो स्वार्थको रोटी मात्र सेकेको अरोप लगाउँदै प्रधानमन्त्रीको ओलीको मिशन देखेर नेकपामा प्रवेश गरेको बताए ।
उनले समाजिक सँजाल फेसबुकमा प्रधानमन्त्रीसँगको फोटो राख्दै आजदेखि विधिवत रुपमा जसपा पार्टी परित्याग गरी नेकपाको ओलीसँग गएको बताएका छन् । सोहीसँगै जनकपुरका सरोज मिश्रको तस्विर रहेपनि उनले आफू स्वतन्त्र रहेको प्रतिक्रिया दिएका छन् ।
युवा अगुवा सरोज मिश्रले जानी खान आफनो ईच्छाले केपी ओलीको पार्टीमा गएको बताउँदै आफू नगएको दाबी गरे । “अस्ति भेटघाट मात्र गर्न गएको थिए, त्यसै क्रममा प्रम ज्यूले स्वागत र सम्मान गर्नुभयो, पार्टीमा प्रवेश गरेको छैन् ।”– उनले भने ।
यसअघि सोही फोटोलाई समाजिक सँजालमा ट्रोल गर्दै जानी खान र सरोज मिश्र नेकपामा प्रवेश गरेको भन्दा उनीहरु दुवै जनाले अस्विकार गरेका थिए । ओलीको सुखी नेपाली समृद्ध नेपालको सपनामा सहभागी हुन आफू ओलीसँग गएको खानको भनाई छ ।
यसका साथै, उनले मधेशको मुद्दालाई पुनः जागृत गरी मधेशीको हक अधिकारको लागि नेकपामा गएको बताउँदै जसपाले मात्र मधेशको नाम भँजाएर खाएको औल्याए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…