सँसद विघटनको विरोधमा धनुषाको सबै स्थानीय तहमा प्रदर्शन
धनुषाको शहिदनगर नगरपालिकामा पूर्व साँसद शिवधारी यादवको अगुवाईमा पनि सरकार विरुद्ध प्रदर्शन गरिएको हो । केन्द्रको निर्णय अनुसार धनुषाको विभिन्न स्थानीय तह सहित देशैभरिको सबै वडाहरुमा काँग्रेसले प्रदर्शन गरेको हो ।

२०७७ माघ ८ बिहीबार, राति ८:४४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । सरकारको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आज धनुषाको सबै स्थानीय तहमा सँसद विघटनको विरोधमा प्रदर्शन गरेको छ ।
वर्तमान सरकारले गरेको प्रतिनिधिसभा विघटनको घटनालाई असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावादउन्मुख कदमको संज्ञा दिँदै देशव्यापी संघर्ष स्वरुप धनुषाको सबै स्थानीय तहमा मेयर र वडाध्यक्षहरुको अगुवाईमा प्रदर्शन गरिएको छ ।
यसका साथै, जिल्लास्तरीय र केन्द्रस्तरीय नेताहरुको अगुवाईमा समेत धनुषाको सबै स्थानीय तहमा प्रदर्शन गरिएको हो । धनुषाको कमला नगरपालिका, जनकनन्दिनी गाउँपालिका, शहिदनगर नगरपालिका, विदेह नगरपालिका, औरही गाउँपालिका, जनकपुरधाम उपमहानगरपालिका, धनौजी गाउँपालिका, सबैला नगरपालिका, क्षीरेश्वरनाथ नगरपालिका, मिथिला नगरपालिका, मुखियापट्टी सहित सबै स्थानीय तहमा प्रदर्शन गरिएको हो ।
कमला नगरपालिकाको विभिन्न वडामा भएको प्रदर्शनको क्रममा काँग्रेसका नेता शिवशंकर यादव, रोहित यादव, विद्यार्थी नेता अशोक यादव, मनोहर ठाकुर, वडाध्यक्ष प्रत्यासी ठकाई यादव सहितका नेताहरुको सहभागीता रहेको थियो ।
काँग्रेसको दोस्रो चरणको आन्दोलन अन्तर्गत सँसद पूनःस्थापनाको माग गर्दै कमला नगरपालिकाका मेयर रामउदगार गोईतले समेत प्रदर्शन गरेका छन् । यसका साथै, जनकनन्दिनी गाउँपालिकाकी उप प्रमुख भारती कार्कीको नेतृत्वमा खजुरी सहित गाउँपालिकाभरि प्रदर्शन गरिएको छ ।
धनुषाको शहिदनगर नगरपालिकामा पूर्व साँसद शिवधारी यादवको अगुवाईमा पनि सरकार विरुद्ध प्रदर्शन गरिएको हो । केन्द्रको निर्णय अनुसार धनुषाको विभिन्न स्थानीय तह सहित देशैभरिको सबै वडाहरुमा काँग्रेसले प्रदर्शन गरेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…