आज नेपाली काँग्रेस स्थानीय तहको वडा-वडा तताउँदै
कांग्रेसले २५ पुसमा तीन सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा तथा ३ माघमा सात सय ५३ पालिकामा विरोध प्रदर्शन गरिसकेको छ ।

२०७७ माघ ८ बिहीबार, बिहान १०:३८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । सरकारको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आज देशैभरिको स्थानीय तहको वडा वडासम्म तताउने भएको छ ।
वर्तमान सरकारले गरेको प्रतिनिधिसभा विघटनको घटनालाई असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावादउन्मुख कदमको संज्ञा दिँदै देशव्यापी संघर्ष र आन्दोलनका कार्यक्रमहरु गरिरहेको छ ।
१९ पुसमा बसेको केन्द्रीय समिति बैठकले दोस्रो चरणअन्तर्गत पुस २५ र माघको ३ तथा ८ गतेका लागि विरोधका कार्यक्रम तय गरे अनुसार विहिबार देशैभरि रहेको विभिन्न वडामा आन्दोलन गर्ने भएको छ ।
कांग्रेसले २५ पुसमा तीन सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा तथा ३ माघमा सात सय ५३ पालिकामा विरोध प्रदर्शन गरिसकेको छ ।
नेपाली काँग्रेसले देशभरका ६ हजार ७ सय ४३ वटै वडामा कांग्रेसले एक साथ संसद् विघटनको विरोध गर्न लागेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…