सिरहामा पनि सरकार विरुद्ध काँग्रेसको प्रदर्शन
उनले यसलाई नेपाली जनताले कहिले पनि स्वीकार नगर्ने बताउँदै कम्यूनिष्ट सरकारको भबिष्य अब छैन । उनले भने, –कम्यूनिष्ट सरकारको दास नबन्न समग्र देशवासी र प्रहरीलाई समेत आग्रह गर्दछु ।”

२०७७ माघ ३ शनिबार, राति १०:१५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । नेपाली काँग्रेस पार्टीले घोषणा गरेको देशव्यापी विरोध कार्यक्रम अन्तरगत सिरहामा पनि विरोध प्रदर्शन गरिएको छ ।
नेपाली कांग्रेस सिरहाले संसद विघटन असैवधानिक भएको भन्दै शनिवार बिरोध प्रदर्शन गरेको हो । नेपाली कांग्रेस सिरहाको नरहा गाउँपालिका कार्य समितीको अगुवाईमा बिरोध प्रदर्शन गरिएको हो ।
नेपाली काँग्रेस नगरसमितिका पूर्व उपसभापति अमर रेग्मी, किसान संघका सभापति कौशल मण्डल , दुखमोचन यादव र नेपाल तरुण दलका युवाहरुको मोटो सहभागीतामा विरोध प्रदर्शन गरिएको हो ।
गाउँ–गाउँबाट उर्लिएका मोटो सँख्याको प्रदर्शनकारीले नाराजुलुससहित चोहर्वा चौक देखि हनुमान मन्दिर परिक्रमा गरि चोहर्वा चौकको तीन कुने पार्कमा कोण सभा परिणत भई भाषणवाजी गरिएको थियो ।
जुलुसमा नेपाल तरुण दल , किसान संघ सहित नेपाली काङ्ग्रेस सिरहा जिल्लाभरिको नेपाली काँग्रेस समर्थकहरुको पनि मोटो सहभागिता रहेको थियो ।
कोण सभामा लाई सम्बोधन गर्दै नेपाल तरुण दलका जिल्ला सदस्य तथा युवा नेता अरबिन्द मण्डलले असम्बैधानिक र अलोकतान्त्रीक ढंगले संसद बिघटन भएको बताए।
उनले यसलाई नेपाली जनताले कहिले पनि स्वीकार नगर्ने बताउँदै कम्यूनिष्ट सरकारको भबिष्य अब छैन । उनले भने, –कम्यूनिष्ट सरकारको दास नबन्न समग्र देशवासी र प्रहरीलाई समेत आग्रह गर्दछु ।”
नेपाली काँग्रेसले सँसद विघटनको विरोध गर्दै त्यसलाई पुनःस्थापनाको माग गर्दै देशव्यापी रुपमा विरोध प्रदर्शन गरेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…