ओलीको असंवैद्यानिक कदमले देश खतरामा : पूर्व साँसद शिवधारी
धनुषाको शहिदनगर नगरपालिका वडा नं. ३ यदुकूहा स्थित आयोजना गरिएको विरोध कार्यक्रमको क्रममा नेता यादवले ओलीको गैर संवैद्यानिक कदम देशको लागि खतरा रहेको र राजनीतिक “कु” रहेको बताए ।

२०७७ माघ ३ शनिबार, राति १०:०७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली काँग्रेसका पूर्व साँसद शिवधारी यादवले प्रधानमन्त्री केपी ओलीको असंवैद्यानिक कदमले देश खतरामा जाने बताएका छन् ।
नेपाली काँग्रेसले देशव्यापी रुपमा घोषणा गरेको सँसद विघटनको विरोध कार्यक्रममा विशिष्ट आतिथ्यको आसनबाट बोल्दै नेता यादवले ओलीले चालेको कदम संवैद्यानिक नभएको तथा यसको लागि नेपाली काँग्रेस सँघर्षरत रहेको बताए ।

धनुषाको शहिदनगर नगरपालिका वडा नं. ३ यदुकूहा स्थित आयोजना गरिएको विरोध कार्यक्रमको क्रममा नेता यादवले ओलीको गैर संवैद्यानिक कदम देशको लागि खतरा रहेको र राजनीतिक “कु” रहेको बताए ।
वर्तमान सरकारको कदमलाई नेपाली जनताले कहिले पनि स्वीकार नगर्ने बताउँदै उनले कम्यूनिष्ट सरकारको भबिष्य समाप्त हुन लागेको बताए ।
◢कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…