मधेश सरकारले आफ्नै मिडिया काउन्सिल गठन गर्ने : मुख्यमन्त्री राउत
मुख्यमन्त्री राउतले बर्तमान देशको अस्थिर अबस्थामा पत्रकारहरुले थप जिम्मेवारी बढेको भन्दै संघीय सरकारले निमत्याएको जटिल अबस्थालाई सहि दिशामा ल्याउन अझ सशक्त रुपमा पत्रकारहरुलाई भुमिका निर्वाह गर्न आग्रह गरे ।

२०७७ माघ ३ शनिबार, बेलुकी ६:४७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, राजविराज । प्रदेश नम्बर २ का मुख्यमन्त्री मो. लालबाबु राउतले संचार विकासको लागि मधेश सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरीको दशौ साधारणसभालाई शनिबार सम्बोधन गर्दै उनले देशमा संकट आउदा पत्रकारहरुले खेलेको भुमिका अपरिहार्य हुने गरेको बताए ।
कुनैपनि अधिकार प्राप्तिको आन्दोलन होस वा देशलाई संकट पर्दा पत्रकारले गरेको योगदान महत्वोपुर्ण रहेको छ, मुख्यमन्त्री राउतले भने, संचार क्षेत्रको बिकास बिना देशमा सुशासन र समृद्धिको कल्पना समेत गर्न सकिदैन ।
मुख्यमन्त्री राउतले प्रदेश सरकारले संचार क्षेत्रको बिकासका लागि छिट्टै संचार प्रधिकरण र मिडिया काउन्सिल गठन गर्न लागेको बताए ।
प्रदेश सरकार संचार क्षेत्र र पत्रकारको समस्य प्रती गम्भीर रहेको उल्लेख गर्दै कार्यक्रमका प्रमुख अतिथी मुख्यमन्त्री राउतले संचार क्षेत्रको बिकास र पत्रकारहरुको तमाम समस्य समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
मुख्यमन्त्री राउतले बर्तमान देशको अस्थिर अबस्थामा पत्रकारहरुले थप जिम्मेवारी बढेको भन्दै संघीय सरकारले निमत्याएको जटिल अबस्थालाई सहि दिशामा ल्याउन अझ सशक्त रुपमा पत्रकारहरुलाई भुमिका निर्वाह गर्न आग्रह गरे ।
मुख्यमन्त्री राउतले संबिधानको बर्खिलाप गर्दै प्रधानमन्त्री केपि ओलिको सिफारिसमा राष्ट्रपति बिधा भण्डारी प्रतिनिधि सभा विघटन गरेको भन्दै आक्रोश व्यक्त गरे ।
संबिधानमै नभएको अधिकार प्रयोग गरेर प्रधानमन्त्री ओलिले देशलाई प्रतिगमन तिर लगेको भन्दै ओलि सरकारको तानाशाही संबैधानिक कु विरुद्ध पत्रकारहरुले खबरदारी गर्नुपर्नेमा जोड दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…