धनुषामा एक व्यक्ति अचेत अवस्थामा फेला
न्यूज ब्यूरो || धनुषा, २ फागुन । धनुषा एक व्यक्ति अचेत अवस्थामा सडक छेउमा फेला परेको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर धनुषाको बटेश्वर गाउँपालिका वडा नं. ५ बस्ने वर्ष ४० का मनोज झा आज विहान अचेत अवस्थामा फेला परेको हो । विहान करिब ५ ३० बजे महेन्द्रनगरको सडकमै टाउकोबाट रगत बगेर अचेत अवस

२०७४ फागुन २ बुधबार, दिउँसो १:१४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
धनुषा, २ फागुन । धनुषा एक व्यक्ति अचेत अवस्थामा सडक छेउमा फेला परेको छ ।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर धनुषाको बटेश्वर गाउँपालिका वडा नं. ५ बस्ने वर्ष ४० का मनोज झा आज विहान अचेत अवस्थामा फेला परेको हो ।
विहान करिब ५ ३० बजे महेन्द्रनगरको सडकमै टाउकोबाट रगत बगेर अचेत अवस्था झा फेला परेको प्रहरीले जनाएको छ ।
टाउकोमा गम्भीर चोट लागेर रगत आएको अवस्थामा सडकमै लडेका झालाई स्थानीयले देखेपछि ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरलाई खबर गरेका थिए ।
बोल्नसमेत नसक्ने अवस्थामा फेला परेका झालाई प्रहरीले उपचारको लागि जनकपुर अञ्चल अस्पताल पठाएको छ ।
घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…