जोखिम भत्ताको माग गर्दै स्वास्थ्यकर्मीहरु आन्दोलित
आन्दोलनका लागि अस्पतालमा कार्यरत डाक्टर हरिओम केशरीको संयोजकत्वमा ६० जना कर्मचारीहरुले कोरोना जोखिम भत्ता संघर्ष समिति नै बनाएका छन् । कोरोना जोखिम भत्ता संघर्ष समितिका प्रवक्ता डाक्टर रवि रोशन गुप्ताले कोरोना सुरु भएदेखि कोरोना संक्रमितका लागि क्वारेन्टिन आइसोलेसनमा खटिएको जोखिम भत्ता नपाएको बताउनुभयो ।

२०७७ पुस २९ बुधबार, बिहान ९:२१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बारा । बाराको कलैया अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले जोखिम भत्ता पाउनुपर्ने माग गर्दै धर्ना दिएका छन् । स्वास्थ्यकर्मीहरु धर्नामा बसेपछि अस्पतालमा आकस्मिक बाहेकका सेवा समेत ठप्प भएको छ ।
अस्पतालले कोरोना उपचारमा खटिने कर्मचारीलाई हालसम्म एक रुपैयाँ पनि जोखिम भत्ता उपलब्ध नगराएको कर्मचारीहरुले बताएका छन् । अस्पतालको सेवा ठप्प पारेर उनीहरु धर्नामा बसेका छन् । धर्नामा बसेका चिकित्सक, स्वास्थ्यकर्मीहरुले काम गर्ने बेलामा फ्रन्टलाइनर रु भत्ता दिनेमा ब्याक लाइनर रु १० महिना भइसक्यो अझै कति रु कोरोना भत्ता उपलब्ध गराउ लगायतका नारा लेखिएको प्ले कार्ड बोकेका छन् ।
नेपाल सरकारले कोरोना उपचारमा खटिने कर्मचारीलाई जोखिम भत्ता उपल्बध गराउने निर्णय गरेको थियो । तर कलैया अस्पतालका मेडिकल सुपरिटेन्डेन्टलाई पटक पटक मौखिक एवंम् लिखित रुपमा आग्रह गर्दा समेत भत्ता नदिएको उनीहरुको भनाइ छ ।
कलैया अस्पतालले गंगापुरमा अस्थायी कोभिड अस्पताल सञ्चालन गरेको थियो । अस्पतालका १ सय १० जना कर्मचारी कोरोना महामारीमा खटिएका थिए । कोरोना महामारीको बेला ज्यानको जोखिम मोलेर कोरोना संक्रमितको उपचार तथा व्यवस्थापनमा खटिएको १० महिना बितिसक्दा समेत अस्पतालले जोखिम भत्ता उपलब्ध नगराएकोले आफूहरु आन्दोलनमा जान बाध्य भएको स्वास्थ्यकर्मीहरुको भनाई छ ।
आन्दोलनका लागि अस्पतालमा कार्यरत डाक्टर हरिओम केशरीको संयोजकत्वमा ६० जना कर्मचारीहरुले कोरोना जोखिम भत्ता संघर्ष समिति नै बनाएका छन् । कोरोना जोखिम भत्ता संघर्ष समितिका प्रवक्ता डाक्टर रवि रोशन गुप्ताले कोरोना सुरु भएदेखि कोरोना संक्रमितका लागि क्वारेन्टिन आइसोलेसनमा खटिएको जोखिम भत्ता नपाएको बताउनुभयो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…