बसमै युवक मृत भेटिए
सीटमै मृत अवस्थामा फेला परेका उनी अन्य समयमा समेत आउजाउ गरिने यात्रु रहेको जनाएको छ । प्रहरीले घटनाको विषयमा थप अनुसन्धान गरिरहेको छ ।

२०७७ पुस २६ आइतबार, बिहान ११:३५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, विराटनगर । विराटनगर बसपार्कमा रोकिएको एक सार्वजनिक बसमा युवक मृत भेटिएका छन् ।
विराटनगर स्थित बसपार्कमै रोकी राखिएको जनसेवा यातायातमा युवक मृत फेला परेको छ । झापाको केर्खाबाट विराटनगर आएका सो युवाको गाडीमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार झापाको केर्खा घर भएका २६ वर्षीय युवक राजकुमार थापा किडनी को बिरामी रहेको थियो । बिहान केर्साबाट मे १ ख ३३३३ नम्बरको जनसेवा यातायात प्रा।लि।को बसमा चढेर आएका उनी विराटनगर बसपार्कमा झर्ने बेलामा मृत अवस्था फेला परेको प्रहरीले जानकारी दिए ।
सीटमै मृत अवस्थामा फेला परेका उनी अन्य समयमा समेत आउजाउ गरिने यात्रु रहेको जनाएको छ । प्रहरीले घटनाको विषयमा थप अनुसन्धान गरिरहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…