ओलीको कदम विरुद्ध हामी निरन्तर सँघर्षरत छौं : पूर्व साँसद मण्डल
सोहि अनुरुप पार्टीको केन्द्रिय निर्देशन अनुसार सिरहाको चारवटै निर्वाचन क्षेत्रमा समेत विरोध प्रदर्शन गरिएको हो । नेपाली कांग्रेसले आज देशका ३३० प्रदेशसभा निर्वाचन क्षेत्र, माघ ३ गते देशभरका ७५३ वटै स्थानीय तह र माघ ८ गते देशभरक ६ हजार ७४३ वटै वडाहरुमा विरोध प्रदर्शन गर्ने बताइएको छ ।

२०७७ पुस २५ शनिबार, राति ८:१८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । नेपाली काँग्रेसका पूर्व साँसद डा. गणेश मण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम विरुद्ध नेपाली काँग्रेस निरन्तर सँघर्षमा रहेको बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीकोको असंबैधानिक कदमका बिरुद्ध आफूहरु सँघर्षर रहेको बताउँदै विरोधका कार्यक्रमहरु पनि जारी राख्ने बताएका छन् । सिरहा नेपाली कांग्रेस क्षेत्रीय नं. ४ प्रदेश (ख) द्वारा शनिबार आयोजना गरिएको विरोध रयालीको क्रममा नेता मण्डलले सो कुरा बताएका हुन् ।
सिरहा जिल्ला स्थित कल्याणपुरबजारबाट निकालिएको रयाली बिरोध कार्यक्रम कल्याणपुर बजार परिक्रमा गर्दै कल्याणपुरको दुर्गा मन्दिरमा कोण सभामा परिणत भएको थियो , सोही क्रममा पूर्व साँसद मण्डलले ओलीको कदम गैर संवैधानिक रहेको जिकीर गरे ।
उनले ओलीले संविधान विपरित सँसद भँग गरेर देशलाई खतराको तर्फ मोडन खोजेको आरोप पनि लगाए । उनले नेपाली काँग्रेस यसको लागि, देशको लागि हरपल सँघर्षरत रहेको बताए ।
सो क्षेत्रका पार्टी सभापति शिव कुमार साहको अध्यक्षता तथा पूर्व साँसद मण्डलकै प्रमुख आतिथ्यमा भएको रयालीमा नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुले ओली विरुद्ध चर्को नारावाजी पनि गरेको थियो ।
रयालीको क्रममा नागेश्वर भुरेर , तपेश्वर भुरेर, कृष्ण साह , तरुण दलका युवा नेता बसन्त यादव लगायतले आ– आफनो मन्तव्य राखेका थिए ।
गत पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनविरूद्ध नेपाली कांग्रेसले आज ९शनिबार० देशको ३३० वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको छ ।
सोहि अनुरुप पार्टीको केन्द्रिय निर्देशन अनुसार सिरहाको चारवटै निर्वाचन क्षेत्रमा समेत विरोध प्रदर्शन गरिएको हो । नेपाली कांग्रेसले आज देशका ३३० प्रदेशसभा निर्वाचन क्षेत्र, माघ ३ गते देशभरका ७५३ वटै स्थानीय तह र माघ ८ गते देशभरक ६ हजार ७४३ वटै वडाहरुमा विरोध प्रदर्शन गर्ने बताइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…