देश बनाउने भिजन जसपासँग मात्र छ : यादव
न्यूज ब्यूरो, काठमान्डौं । जनता समाजवादी पार्टी नेपालका नेता राजकिशोर यादवले देशमा उत्पन्न पछिल्लो राजनीतिक घटनाक्रमप्रति चिन्ता व्यक्त गरेका छन् । काठमान्डौंमा शनिबार आयोजित पार्टीको एक कार्यक्रममा नेता यादवले देश कोरोना संकटबाट जुझिरहेको अवस्थामा सरकार जनताको ज्यान रक्षाको लागि लाग्नुपर्नेमा स्वार

२०७७ पुस १८ शनिबार, राति ८:३८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमान्डौं । जनता समाजवादी पार्टी नेपालका नेता राजकिशोर यादवले देशमा उत्पन्न पछिल्लो राजनीतिक घटनाक्रमप्रति चिन्ता व्यक्त गरेका छन् ।
काठमान्डौंमा शनिबार आयोजित पार्टीको एक कार्यक्रममा नेता यादवले देश कोरोना संकटबाट जुझिरहेको अवस्थामा सरकार जनताको ज्यान रक्षाको लागि लाग्नुपर्नेमा स्वार्थको झगडामा लाग्नु दुःखद भएको बताएका हुन् ।
नेकपा र कांग्रेस जस्ता पार्टीका नेताहरुमा देशको माया नरहेको र उनीहरुसँग भीजन नै नभएकोले जनता अब गम्भीर हुनुपर्ने समय आएको उनले बताए । देशलाई बर्बादी तिर पुर्याउने उनीहरु नै भएको उनको आरोप छ ।
जनता अब पनि गम्भीर र सचेत नबने देशप्रति बेइमानी हुने उनले बताए । जसपासँग नै देश बनाउने भीजन र सोंच भएकाले उनले आफ्नो पार्टीलाई साथ दिन आह्वान पनि गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…