२३ औँ जनयुद्ध दिवस धनुषामा पनि
न्यूज ब्यूरो || धनुषा, १ फागुन । तत्कालिन नेकपा माओवादीले २०५२ सालबाट सुरु गरेको जनयूद्धको स्मृतिमा विभिन्न माओवादी घटकहरुले धनुषामा समेत २३ औँ जनयूद्ध दिवस मनाएका छन् । मंगलबार नेकपा माओवादी केन्द्रले जनयूद्ध दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको थियो । यसैक्रममा, सहिदनगर नगरपालिकामा जनयुद

२०७४ फागुन १ मंगलबार, राति ९:१६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
धनुषा, १ फागुन ।
तत्कालिन नेकपा माओवादीले २०५२ सालबाट सुरु गरेको जनयूद्धको स्मृतिमा विभिन्न माओवादी घटकहरुले धनुषामा समेत २३ औँ जनयूद्ध दिवस मनाएका छन् ।
मंगलबार नेकपा माओवादी केन्द्रले जनयूद्ध दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको थियो ।
यसैक्रममा, सहिदनगर नगरपालिकामा जनयुद्ध दिवस मनाईएको छ ।
सहिदनगर नगरपालिकाको वडा न.८को डुमरिया चौकमा अबस्थित सहिद क।सुर्यनाथ राणको सालिकमा टिका,माल्यअर्पन गरी २३ औं जनयुद्ध दिवस मनाईएको हो ।
पोलीटी ब्यूरो सदस्य असर्फी भिन्वारको प्रमुख आतिथ्यमा बिशिस्ट अतिथि शहिदनगर नगरपालिकाका मयर उदय कुमार बरबरिया वडा न.८ का वडा अध्यक्ष तनुकलाल यादव,वडा न. २ का वडा अध्यक्ष जैसी भिनबार, माओवादी केन्द्रका युवा नेता बलराम बिराजी, रामकिशोर पासवान,सुरेश कापर,सुरेन्द्र राई,बैद्यनाथ मन्डल लगायत स्थानीय बासीहरुको सक्रियता तथा युवाहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्नुहुदै मेयर बरबरिया देशमा भएको परिवर्तनको सुरुवात जनयुद्ध मार्फत नै भएको बताए ।
यता जनकपुरमा भने नेकपा माओवादी केन्द्रको दुवै खेमाले अलग अलग रुपमा जनयूद्ध दिवस मनाएका छन् भने नेकपा क्रान्तिकारी माओवादी र विप्लव नेतृत्वको नेकपाले संयूक्तरुपमा मनाएका छन् ।
यसका साथै, धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ३ तेजनगर र ९ भिमान चौक मा समेत माओवादी विप्लवले २३औ बलिदानी दिवस मनाएको छ।
बिप्लव धनुषामा २ ठाउँ मा बलिदानी दिवस मनएको छ । जिल्ला इन्चार्ज राजु कार्की को नेतुत्व मा दिप जलाउदै बलिदानी दिवस मनाएको हो ।
कार्यक्रम मा इन्चार्ज कार्कीले सम्बोधन गर्दै भने, हाम्रो आन्दोलन जारि नै छ अहिले केही प्राप्त भएको छ केही हुन बाकी छ हामी आफनो अधिकार लागि लडनेछौ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…