ओलि र भण्डारी नेपाल र नेपालीको ठूलो शत्रु : युवा संघ र अनेरास्वबियु
देश र जनताको आर्थिक भार कम गर्नुको सट्टा ऋणको दलदलमा पार्न खोज्ने प्रधानमन्त्री ओलि र रास्ट्रपति भन्डारी सबै आम नेपालिको साझा शत्रु भएको बताए ।संविधानमा नभएको कुरालाइ सताको भरमा गलत तरिकाले प्रयोग गरि ओलिले चालेको कदमलाई सम्मानित अदालतले रोक्ने नेता सिहले ठोकुवा गरे।

२०७७ पुस १४ मंगलबार, बिहान १०:५९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । रौतहटको मध्य बजार गरुडामा मशाल जुलुस सहित युवाहरुले प्रदर्शन गरेका छन् ।
सोमबार प्रधानमन्त्री के।पि शर्मा ओलीको असंवैधानिक कदमका विरुद्ध रौतहटको गरुडामा मसाल जुलुस निकालिएको हो।राष्ट्रिय युवा संघ र अनेरास्वबियूका युवा नेताहरुले मशाल सहित बिरोध प्रदर्शन गरेका हुन।
नेकपाका युवा नेता बिटु सिंह र युवा संघ रौतहटका जिल्ला अध्यक्ष बालकृष्ण श्रेष्ठको नेतृत्वमा मुर्दाबाद ,अलोकतान्त्रिक कदम खारेज होस,माधव (प्रचण्ड जिन्दावाद ,किसानहरुको माग पूरा गर ,जनताको स्वास्थ रक्षा प्रती गम्भीर बन भन्दै सयकडौ युवाहरुको टोलिले नाराबाजी सहित गरुडामा मसाल सहित प्रदर्शन गरिएको जुलुश मै सहभागी युवा नेता झलक श्रेष्ठले बताए ।
प्रदर्शन कै क्रममा नेकपा नेता बिटु सिहले प्रधानमन्त्री केपि शर्मा ओलि र रास्ट्रपति बिधादेबि भन्डारीले कोरोनाले देश र जनताको आर्थिक अवस्था दयनीय भएको समय सन्सद बिघट्न गरि देश नै बर्बाद गर्न लागेको बताए ।
देश र जनताको आर्थिक भार कम गर्नुको सट्टा ऋणको दलदलमा पार्न खोज्ने प्रधानमन्त्री ओलि र रास्ट्रपति भन्डारी सबै आम नेपालिको साझा शत्रु भएको बताए ।संविधानमा नभएको कुरालाइ सताको भरमा गलत तरिकाले प्रयोग गरि ओलिले चालेको कदमलाई सम्मानित अदालतले रोक्ने नेता सिहले ठोकुवा गरे।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…