राष्ट्रपति मुलुकको नभई गुटको भए : पुर्व मन्त्री यादव
नेपाली कांग्रेसलाई चुनावमा जाने हतारो नभएको भन्दै उनले देशको प्रणाली बचाउनु मात्र रहेको बताए । कम्युनिष्टहरुको कारण हामीले ल्याएको उपलब्धि गुम्ने खतरा बढेकोको छ यसमा सचेत रहन कार्यकर्तालाई आग्रह गरेका छन ।

२०७७ पुस १४ मंगलबार, बिहान ९:३१ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली कांग्रेसका नेता तथा पुर्व कृषि मन्त्री राम कृष्ण यादवले प्रतिनिधिसभा विघटन असंबैधानिक र लोकतन्त्रको मूल्य मान्यता बिपरित रहेको बताएका छन् ।
तत्कालीन एमाले र माओवादीलाई जनताले पाँच वर्षसम्म सरकारले चलाउन स्पष्ट बहुमत दिएपनि प्रधानमन्त्री केपी ओली सहित केही कम्युनिष्टका शिर्ष नेताकै अक्रमण्ता र पार्टीका आन्तरिक विवादका कारण मुलुकलाईनै पछिल्तिर धकेल्न खोजेको आरोप लगाए ।
प्रतिनिधिसभा विघटन बिरुद्धमा सोमबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस देशव्यापी रूपमा एकैसाथ १ सय ६५ औं निर्वाचन क्षेत्रमा रहेको बिरोध प्रदर्शन कार्यक्रम अन्तर्गत धनुषा निर्वाचन क्षेत्र नं २ ले आयोजना गरेको विरोधसभाको सम्बोधन गर्दै उनले भने
“प्रधानमन्त्रीले पार्टीको आन्तरिक विवाद पार्टी भित्र मिलाउनु पर्ने थियो तर अहिले एउटा पार्टी र कम्युनिष्टकै केही नेताको व्यक्तिगत स्वार्थका कारण हजारौं नेपाली जनताको बलिदानी र कठोर संघर्षबाट प्राप्त लोकतन्त्र संघीयता धरापमा पार्ने र मुलुकलाई अस्थिरता खाल्डामा पुर्याउन खोजेको हो”
प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार संविधानको कुनै धाराले दिएको छैन तर प्रधानमन्त्री र राष्ट्रपति संविधानको धारालाई मन गढन्ते व्याख्या गरी संसद विघटनको प्रस्तावमा राष्ट्रपति विद्या भण्डारीले सदर गरेको आरोप लगाए ।
राष्ट्रपति विद्या भण्डारी साच्चै मुलुक र जनता प्रति जवाफदेहिता बोध गरेको भए प्रधानमन्त्रीले असंवैधानिक तरिकाले गरेको संसद विघटनको प्रस्ताव रोक्नु पथ्र्यो संविधानविद्वहरु सल्लाह परामर्श गरेर यस्ता असंवैधानिक प्रस्तावको बदर गरिनु पथ्र्यो तर यहाँ राष्ट्रपतिको भुमिका नेकपा पति नभनौं एउटा गुटपति जस्तो भए र गुटबन्दी तर्फ लागेर मुलुकलाई यो अवस्थामा पुर्याएको आरोप नेता यादवले लगाए ।
राष्ट्रपति संविधानको रक्षा गर्ने संस्था हो संविधानको मर्म विपरीत प्रधानमन्त्रीले कुनै प्रस्ताव सिफारिस गरे राष्ट्रपति अस्वीकार गरिनुपर्छ तर राष्ट्रपतिले प्रधानमन्त्रीको हरेक प्रस्तावमा आँखा चिम्लेर प्रमाणीकरण गर्दै आएको आरोप लगाए ।
त्यो राजनीतिक दल विभाजन सम्बन्धि अध्यादेश होस चाहे त्यो संबैधानिक परिषद् बैठक बस्न सकिने र नियुक्ति गर्न सकिने सम्बन्धमा अध्यादेश होस वा अहिले आएर संसद विघटन गर्ने प्रस्ताव होस राष्ट्रपति भण्डारीले जहिले पनि जनभावना विपरीत प्रस्तावको समर्थन गरेका छन् ।– उनले भने ।
मुलुकमा नेपाली कांग्रेस जस्तो पार्टी पनि छन् जसले लोकतन्त्र लागि प्रजातन्त्रको लागि गणतन्त्रको लागि विभिन्न कालखण्डमा विभिन्न शासकसँग लडेर ल्याएको उपलब्धि हो यो उपलब्धि जोसुकैले मास्ने प्रयास गरे नेपाली कांग्रेस चुप नबस्ने चेतावनी समेत दिएका छन् ।
नेपाली कांग्रेसलाई चुनावमा जाने हतारो नभएको भन्दै उनले देशको प्रणाली बचाउनु मात्र रहेको बताए । कम्युनिष्टहरुको कारण हामीले ल्याएको उपलब्धि गुम्ने खतरा बढेकोको छ यसमा सचेत रहन कार्यकर्तालाई आग्रह गरेका छन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…