प्रदेश १ को राजधानी विराटनगरमा पनि जसपाको प्रदर्शन
“अब आम नेपालि जनताले बुझी सकेका छन् के सहि के गलत भनेर त्यसैले प्रधानमन्त्री ज्यु आफ्नो गल्ति सुधार गर्नुस र देश र जनताको जनादेशलाई मध्ये नजर गर्दै देश बिकासमा लाग्नुसा भन्दै आफ्नो भावना यादवले व्यक्त गरे।

२०७७ पुस १३ सोमबार, बिहान १०:२५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीको सँसद विघटन निर्णयको विरोधमा जनता समाजवादी पार्टी नेपालले प्रदेश नं. १ को विराटनगरमा पनि प्रदर्शन गरेको छ ।
काठमान्डौं सहित देशको विभिन्न ठाउँमा प्रदर्शन गरेका जसपाका नेता तथा कार्यकर्ताहरुले प्रदेश १ को राजधानी विराटनगरमा पनि आईतबार प्रदर्शन गरेको हो ।
अबैधानिक ,अलोकतान्त्रिक ,प्रतिगमनकारी कदम खारेज गर भन्ने मुल नारा लगाउदौ जसपाले बिराटनगरको संसारी माईस्थान देखि बिरोध रयाली सुरु गरेका थिए । सन्सारिमाईस्थान हुदै ट्राफिक चोक ,महेन्द्र चोक ,सनिमंदिर , जलजला मोड हुदै बि (पल्टमा कोण सभामा परिणत भएको थियो।
आफ्नो पार्टीको गुठको झगडाको कारणले यसरि प्रतिनिधि सभा नै खारेज गर्नु जहनिय साशन जस्तै भएको आरोप लगाउँदै नेताहरुले आफुलाई जे मन लाग्यो त्यहि गर्न मिल्छ ? देशको कानुन संबिधान मार्नु पर्दैन ? भन्दै प्रश्न समेत तेर्साएका थिए ।
जसपाका नेता राजकुमार यादवको नेतृत्वमा नेतृत्वमा निकालिएको रयालीको कोणसभामा बोल्दै बिधार्थी नेता राकेश रोशन यादब बर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले समयमा नै गल्ति सच्यानु भएन भने उहाँहरुको उल्टो गन्ति सुरु हुने चेतावनी दिए ।
“अब आम नेपालि जनताले बुझी सकेका छन् के सहि के गलत भनेर त्यसैले प्रधानमन्त्री ज्यु आफ्नो गल्ति सुधार गर्नुस र देश र जनताको जनादेशलाई मध्ये नजर गर्दै देश बिकासमा लाग्नुसा भन्दै आफ्नो भावना यादवले व्यक्त गरे।
प्रर्दशनमा जसपाका केन्द्रीय सदस्यहरु ईनामुल हक, भोगेन्द्र यादव, तेजलाल कर्ण, सन्जु शर्मा, रामलाल सुतिहार, शंकर शाह, चन्द्र प्रसाद राजबंशी तवरेज हक, जिल्ला अध्यक्ष राजकुमार यादव, मो. कादीर, युवा नेता मो।फैयाज, नन्दलाल मण्डल, महिचन यादव, असलम आलम, विद्यार्थी नेता राकेश रोशन यादव, श्रीराम शाह, कमल पोखरेल, अमित मण्डल, प्रीतम शाह, बसन्त यादव, महिला नेतृ प्रीति झा, सदिना खातुन, तुलसी शाह लगायतका नेताहरुको उपस्थिती रहेको थियो।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, संवाददाता















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…