३५ औं वार्षिकोत्सवमा जनकपुरको मोनाष्टिक स्कूलद्धारा रक्तदान
सो क्रममा कुल ३९ जनाले रक्तदान गरेको निर्देशक साहले बताए । प्रत्येक वर्ष मोनाष्टिक स्कूलले आफ्नो वार्षिकोत्सवको अवसरमा विभिन्न लोक कल्याणकारी कार्यहरु गर्दै आएको छ ।

२०७७ पुस ११ शनिबार, बेलुकी ७:४९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरको चर्चित मोनाष्टिक आवासीय विद्यालयले आफ्नो ३५ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको छ ।
नेपालको शैक्षिक क्षेत्रमा महत्त्वपूर्ण योगदान दिदै आएको जनकपुरको मुटुमा अवस्थित मोनस्टिक आवासिय माध्यमिक बिधालयले आफ्नो ३५ औं वार्षिकोत्सवको अवसर पारेर रक्तदान गरेको हो ।
विद्यालका प्रबन्धक निर्देशक सोन कुमार साहको प्रमुख आतिथ्यमा शनिबार बिहान ८ बजेदेखि विद्यालय प्राँगनमै भएको रक्तदान कार्यक्रम दिउँसो १२ बजेसम्म भएको थियो । रक्तदान कार्यक्रममा ३ दर्जनभन्दा बढी जनाले रक्तदान गरेका हुन् ।

राजकुमार महासेठ, रोसन प्रधान, रविन्द्र साह, निशा अर्याल, आशिष् साह, रश्मि कर्ण , दिपेन्द्र कुमार साह, अन्कृत श्रेष्ठ, अभिषेक यादव, हिमाल आचार्य, डा.सजन ठाकुर, पवन कुमार यादव, दिनेस कुमार कर्ण लगायत विद्यालयका शिक्षक शिक्षिका, कर्मचारी सहित विद्यार्थीहरुले पनि रक्तदान गरेका हुन् ।
सो क्रममा कुल ३९ जनाले रक्तदान गरेको निर्देशक साहले बताए । प्रत्येक वर्ष मोनाष्टिक स्कूलले आफ्नो वार्षिकोत्सवको अवसरमा विभिन्न लोक कल्याणकारी कार्यहरु गर्दै आएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…