'नमुना' नै छैन धनुषाको गिद्धाबेलापट्टि स्कूल, झूठा प्रचारप्रसार गरी बर्षौदेखि भ्रममा राखिए अभिभावक

२०८३ जेठ २८ बिहीबार
बेलुकी ६:३० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको बिदेह नगरपालिका–६ स्थित जनता माध्यमिक विद्यालय, गिद्धाबेलापट्टीले आफूलाई “नमुना विद्यालय” भन्दै प्रचारप्रसार गर्दै आएको भए पनि त्यसको आधिकारिक आधारबारे गम्भीर प्रश्न उठेको छ। 

विद्यालयले वर्षौंदेखि आफूलाई “जनता नमुना माध्यमिक विद्यालय” भनेर प्रस्तुत गरे पनि सम्बन्धित सरकारी निकायबाट प्राप्त अभिलेख र सार्वजनिक विवरणबीच मेल नखाँदा अभिभावक तथा सरोकारवालाहरू अन्योलमा परेका छन्।

स्थानीय अभिभावक तथा शिक्षा क्षेत्रका सरोकारवालाहरूले विद्यालयले नमुना विद्यालयको हैसियत पुष्टि गर्ने आधिकारिक निर्णयपत्र, प्रमाणपत्र वा छनोट सम्बन्धी कागजात सार्वजनिक नगरेको आरोप पनि लगाएका छन्। विद्यालयले विभिन्न दस्तावेज, बोर्ड तथा प्रचार सामग्रीमा “नमुना विद्यालय” शब्द प्रयोग गर्दै आए पनि उक्त दाबी कुन सरकारी निर्णयका आधारमा गरिएको हो भन्ने विषयमा स्पष्टता नआएको उनीहरूको भनाइ छ।

शिक्षा क्षेत्रका जानकारहरूका अनुसार कुनै विद्यालयले सरकारी कार्यक्रमअन्तर्गत केही बजेट प्राप्त गरेको भरमा स्वतः “नमुना विद्यालय” को मान्यता प्राप्त गर्दैन। त्यसका लागि शिक्षा मन्त्रालय वा शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट (CEHRD) भएको आधिकारिक छनोट, स्वीकृत गुरुयोजना (Master Plan) तथा कार्यक्रम कार्यान्वयन सम्बन्धी अभिलेख आवश्यक पर्ने बताइन्छ।

स्थानीय स्तरमा विद्यालयको विद्यार्थी संख्या, शैक्षिक अवस्था तथा सरकारी अभिलेखमा उल्लेखित विवरणबारे समेत प्रश्न उठ्न थालेका छन्। केही अभिभावकहरूले विद्यालयले नमुना विद्यालयको नाम प्रयोग गरेर विद्यार्थी भर्ना तथा प्रतिष्ठा बढाउने प्रयास गरेको आरोप लगाएका छन्। इमिस रेकर्डमा छेडछाड र गरी फर्जी विद्यार्थी सँख्या देखाउँदै आएका सो विद्यालयको भण्डाफोर भने २०८१ सालको इमिस रेकर्डले गरिदिएको छ । 

एउटै विद्यार्थीलाई पटक पटक देखाएर विद्यार्थी सँख्या बढाएको पाईएको छ । एक पूर्वकर्मचारीका अनुसार, बढीमा सो विद्यालयमा ३५०० विद्यार्थी छ, बाँकीका विद्यार्थी रेकर्डमा मात्र छ भौतिक रुपमा छैनन् । ईमिस रेकर्ड अनुसार ५३०० बढी विद्यार्थी देखिएको छ । जसमा हजार बढी दोहरिएको छ । 

यता विद्यालय प्रशासनले भने आफूहरू नमुना विद्यालय कार्यक्रमअन्तर्गत रहेको दाबी गर्दै आएको छ। तर सो दाबी पुष्टि गर्ने आधिकारिक निर्णयपत्र, CEHRD को सूची वा मन्त्रालयको घोषणा सम्बन्धी कागजात सार्वजनिक रूपमा उपलब्ध गराइएको छैन।

यस विषयमा सत्यतथ्य बुझ्न शिक्षा तथा मानव स्रोत विकास केन्द्र ९ऋभ्ज्च्म्० का निर्देशक तथा सूचना अधिकारी निम प्रकाश सिँह राठौरले नमुना विकासका लागि बजेट गएकै भरमा विद्यालय नमुना नहुने प्रष्टयाए । उनले बजेट मात्र गएको आधारमा र नमुना विकासको लागि छनौट भएकै आधारमा विद्यालयलाई नमुना दाबी गर्न नमिल्ने बताए । 

उनले भने, –“विद्यालयमा नमुना विकासको लागि बजेट जान्छ, विभिन्न सूचकहरु पूरा गर्नुपर्ने हुन्छ, त्यसको रिपोर्ट वार्षिक रुपमा शिक्षा मन्त्रालय र मानव स्रोत  विकास केन्द्रमा बुझाउनुपर्छ । सबै प्रक्रिया, सबै सूचक पूरा भए मात्र नमुना घोषणा गर्न मिल्छ, जबसम्म केन्द्रले प्रमाणपत्र दिँदैन तबसम्म नमुना भन्न मिलेन ।”

शिक्षा विकास तथा समन्वय इकाई धनुषाका प्रमुख प्रताप सिँह धामीले आवश्यक सूचकहरु परिपूर्ति नगरी आफैँले नमुना लेख्न नपाउने बताए । उनले त्यसको लागि चाहिने आधार पूर्वाधारहरु परिपूर्ति भई मानव स्रोत विकास केन्द्रले अधिकारिक रुपमा घोषणा गरेको हुनुपर्ने बताए । 

नमुना भनेर प्रचार प्रसार गरेको न्यूज ब्यूरोको एक प्रश्नमा उनले आफैँले लेखेर केही हुँदैन । त्यसको लागि सरकारले तोकेको मापदण्ड र सूचकहरु पूरा हुनुपर्ने बताए । नमुना विकास कार्यक्रमको लागि बजेट चल्दैमा त्यो नमुना हुन्छ र ? यो गर्न पाईदैन । यसबारे म बुझछु । उनले भने । 

धनुषाका एक पूर्व शिक्षा अधिकारीले प्रधानाध्यापक पवन मण्डलको विद्यालयमा हामीले पहिले पनि केही मिथ्या प्रचार प्रसारको बारेमा सूचना भएको दाबी गरे । नाम नखोल्ने शर्तमा ती अधिकारीले त्यो विद्यालयले आफूलाई नमुना लेख्ने, नामै परिवर्तन गर्ने हैसियत नभएको बताए । 

यदि विद्यालयले नमुना विद्यालयको हैसियत पुष्टि गर्न नसके त्यसले वर्षौंदेखि अभिभावक र विद्यार्थीलाई भ्रममा राखेको प्रश्न अझ गम्भीर बन्न सक्ने शिक्षा क्षेत्रका जानकारहरूको भनाइ छ।

विद्यालयका प्रधानाध्यापकसँग सम्पर्क हुन सकेनन भने विद्यालयका निमाविका एक शिक्षक तथा लेखापाल समेत रहेका ब्रह्मदेव यादवले आफूहरु नमुना रहको दाबी गरे । उनले नमुना छनौटको लागि बजेट प्राप्त भएको पत्रलाई नमुना भनेर घोषणा भएको दाबी गरे, यद्यपी, त्यो पत्र मात्र नमुना छनौटको लागि बजेट चल्ने भनेर उल्लेख छ । बजेट मात्र पाउँदैमा नमुना नहुने तथा बजेटले आवश्यक सूचकहरु परिपूर्ण भए मात्र घोषणा हुने प्रावधान छ । 

माथिल्ला पत्र मात्र नमुनाको रुपमा विकास गर्न छनौट भएको पत्र हो । विकास पूर्णमा नभएसम्म नमुना लेख्न पाउँदैन ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्र (CEHRD) ले नमुना विद्यालय विकास कार्यक्रमअन्तर्गत विद्यालय छनोट तथा मूल्यांकनका लागि विभिन्न सूचक निर्धारण गरेको छ। तीमध्ये प्रमुख सूचकहरू यस्ता छन्–

  • विद्यालयको शैक्षिक उपलब्धि तथा परीक्षा नतिजा
  • विद्यार्थी भर्नादर, नियमित उपस्थिती र सिकाइ उपलब्धि
  • योग्य तथा पर्याप्त शिक्षकको उपलब्धता
  • शिक्षक–विद्यार्थी अनुपात
  • विद्यालय व्यवस्थापन तथा सुशासन
  • विद्यालय सुधार योजना (SIP) र दीर्घकालीन गुरुयोजना (Master Plan)
  • सुरक्षित, बालमैत्री र समावेशी सिकाइ वातावरण
  • पर्याप्त कक्षाकोठा, शौचालय, खानेपानी तथा भौतिक पूर्वाधार
  • विज्ञान प्रयोगशाला, पुस्तकालय तथा सूचना प्रविधि (ICT) सुविधा
  • खेलकुद तथा अतिरिक्त क्रियाकलापको व्यवस्था
  • वित्तीय पारदर्शिता र नियमित लेखापरीक्षण
  • अभिभावक तथा समुदायको सक्रिय सहभागिता
  • विपद् जोखिम न्यूनीकरण तथा विद्यालय सुरक्षा योजना
  • समावेशी शिक्षा तथा लैङ्गिक समानताको अवस्था
  • विद्यालयको दीर्घकालीन दिगोपन र व्यवस्थापन क्षमता

 

  • 0%
  • 33%
  • 0%
  • 0%
  • 0%
  • 0%

इलाका प्रहरी कार्यालय गोलबजारद्वारा रक्तदान कार्यक्रम, ४४ जनाले रगत दान गरे 

  • २०८३ जेठ २८ बिहीबार

न्यूज ब्यूरो, सिरहा।  सिरहा जिल्लाको गोलबजार नगरपालिकामा अवस्थित इलाका प्रहरी कार्यालय गोलबजारद्वारा नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरी मनाइएको हो ।  नेपाल प्रहरी श्रीमती संघको

पूरा पढ्नुहोस्

Bureau Menus