न्यूज ब्यूरो, जनकपुरधाम । विगत ४५ वर्षदेखि गुणस्तरीय शिक्षाको क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको सिद्धार्थ शिक्षण संस्थान अन्तर्गतको सिद्धार्थ शिशु सदन मा.वि. तथा सिद्धार्थ +२ ले विद्यार्थी तथा अभिभावकमाझ विश्वासको केन्द्रका रूपमा आफ्नो पहिचान स्थापित गरेको छ।
जनकपुरधामको भानुचोक र मिल्स एरियाको बीचमा अवस्थित यस शैक्षिक संस्थाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म प्रतिस्पर्धा गर्न सक्ने दक्ष, अनुशासित र सक्षम जनशक्ति उत्पादन गर्दै आएको जनाएको छ। विद्यालय प्रशासनका अनुसार शैक्षिक गुणस्तर, अनुशासन, आधुनिक शिक्षण पद्धति तथा अतिरिक्त क्रियाकलापको प्रभावकारी व्यवस्थापनका कारण संस्थाप्रति अभिभावकहरूको आकर्षण निरन्तर बढिरहेको छ।
सिद्धार्थ +२ मा विशेष गरी विज्ञान र व्यवस्थापन संकाय सञ्चालन हुँदै आएको छ। विज्ञान संकायतर्फ कक्षा ११ र १२ को परीक्षाफल उल्लेखनीय रूपमा सफल रहँदै आएको विद्यालयले जनाएको छ। उपलब्ध तथ्यांकअनुसार विज्ञान संकायतर्फको नतिजा एक वर्ष ८९.४७ प्रतिशत र २०८३ मा ९७.३६ प्रतिशतसम्म पुगेको छ, जसले संस्थाको शैक्षिक गुणस्तरलाई पुष्टि गरेको विद्यालयको दाबी छ।
विद्यालयले नियमित पठनपाठनसँगै विद्यार्थीहरूको सर्वाङ्गीण विकासलाई प्राथमिकता दिँदै विभिन्न अतिरिक्त क्रियाकलाप, नेतृत्व विकास कार्यक्रम, वक्तृत्वकला, हाजिरीजवाफ, विज्ञान प्रदर्शनी तथा खेलकुद गतिविधि सञ्चालन गर्दै आएको छ। साथै MEC, IOE (Medical तथा Engineering) लगायतका प्रवेश परीक्षाको तयारी कक्षा समेत सञ्चालन गरिँदै आएको छ, जसले विद्यार्थीलाई उच्च शिक्षातर्फ सहज मार्गनिर्देशन प्रदान गरिरहेको छ।
प्रयोगात्मक शिक्षालाई जोड दिँदै आधुनिक प्रयोगशाला, अनुभवी शिक्षक टोली, नियमित मूल्याङ्कन प्रणाली तथा विद्यार्थीमैत्री वातावरणमार्फत सिद्धार्थ +२ ले शैक्षिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएको छ। विद्यालय प्रशासनका अनुसार आगामी दिनमा पनि गुणस्तरीय शिक्षा, अनुशासन र उत्कृष्ट नतिजालाई निरन्तरता दिँदै विद्यार्थीको उज्ज्वल भविष्य निर्माणमा प्रतिबद्ध रहने कलेजका प्रिन्सीपल राजु यादवले जनाए ।
शैक्षिक उत्कृष्टता, सफल नतिजा, दक्ष शिक्षक टोली र विश्वासिलो व्यवस्थापनका कारण सिद्धार्थ +२ जनकपुरधाम क्षेत्रका विद्यार्थी तथा अभिभावकहरूको पहिलो रोजाइ बन्दै गएको सरोकारवालाहरूको भनाइ छ।
'१०० टकिया' नियम प्रति असन्तुष्टि, प्रधानमन्त्री बालेन्द्र शाहलाई खुला पत्र
- २०८३ असार ८ सोमबार
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल–भारतबीचको परम्परागत “बेटी–रोटी” सम्बन्धमा असर परेको भन्दै जनकपुरका एक सँचार उद्यमी एवम् व्यवसायीले प्रधानमन्त्री बालेन्द्र शाहलाई खुला पत्रमार्फत ध्यानाकर्षण गराएका छन्। उनले एक सचेत र स्वतन्त्र आम
पूरा पढ्नुहोस्



