कमला नगरपालिकामा डा . ठाकुरको निःशुल्क स्वास्थ शिविर, औषधी पनि फ्रिमा दिइने
समाजसेवी डा. दिग्विजय ठाकुरले हालै उद्वघाटन गरेको क्लिनिकले परोपकारी र सामुदायिक भावनाको जगमा सेवा गर्ने नीति लिएको प्रमुख मेडिकल अधिकृत डा० दिग्विजय ठाकुरको भनाइ छ।

२०७७ पुस ११ शनिबार, बिहान १०:१९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुधाम । पूर्वी धनुषाको कमला नगरपालिकामा वृहत स्वास्थ्य शिविरिको आयोजना गरिएको छ ।
कमला नगरपालिका वडा नम्बर १ मँगराहा स्कूलमा डा. दिग्बिजय ठाकुरको सहयोगमा वृहत निःशूल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो । शिविरलाई नगर प्रमुख राम उदगार गोईतले उदघाटन गरेका हुन् ।
जनकपुरको प्रादेशिक होस्पीटलका विभिन्न विशेषज्ञद्वारा तथा जनकपुरको दरभंगा सिटि स्कान प्रा.लि.को संचालनमा आएको डाईरेक्टर केदार यादव सहितको बृहत निशुल्क स्वास्थ्य शिविर चलाउने भएको छ।
प्रमुख कार्यकारी समेत रहेका डा. ठाकुरले शुक्रबार र शनिबार (आज) ११ गते पनि विहान १० बजेदेखि स्वास्थ्य शिविर चलाउने भएको छ । जनकपुरको विभिन्न स्थानमा गरिने स्वास्थ्य शिविरको नेतृत्व डा. दिग्विजय ठाकुरले गर्ने छन्।
मेडिकल चिकित्सकहरुको सहयोग साना किसान कृषि सह्कारी संस्था लि. ले गर्ने छन्। डाक्टरहरुको सहयोगमा निशुल्कस्( सुगर, थाईराइड, व्लडप्रेसर, छाति सम्बन्धि दम, पेट , मुटु ,लिभर र किडनी सम्बन्धि रोगहरु आधुनिक प्रबिधिद्वारा जांच र उपचार विभिन्न खाले बाथरोग तथा आवश्यक औषधि वितरण सहित स्वास्थ्य परिक्षण र निशुल्क ल्याब परिक्षण गरिने छ ।
शिविर संचालनको संस्थागत पुरानो सामाजिक संस्था साना किसान कृषि सह्कारी संस्थाले लिएको छ। संचालन हुने शिविरको अगुवाई समाजसेवी अशोक मण्डल र राम जीवन मण्डलले गरेको जनाइएको छ ।
डा. दिग्विजय ठाकुरले हालै उद्वघाटन गरेको क्लिनिकले परोपकारी र सामुदायिक भावनाको जगमा सेवा गर्ने नीति लिएको प्रमुख मेडिकल अधिकृत डा० दिग्विजय ठाकुरको भनाइ छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…