काठमाडौं पसेर जसपा विद्यार्थी संगठनले जलाए प्रम र राष्ट्रपतिको पुतला
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गर्नु अलोकतान्त्रिक र गैरसवैंधानिक रहेको जसपाका विद्यार्थी नेता चिरञ्जीवी यादवले बताए । संसद पुनर्स्थापना नभएसम्म सडक नछाड्ने चेतावनी पनि उनले दिए ।

२०७७ पुस १० शुक्रबार, बेलुकी ६:५२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । जनता समाजवादी पार्टी नेपाल निकट विद्यार्थी संगठनले प्रतिनिधि सभा विघटनको विरोध गर्दै प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन गरेको छ ।
मधेश भवन बबहरमहलबाट निस्केको जुलुसले बबहरमहल चौकमा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्या देवी भण्डारीको पुत्ला दहन गरेको हो ।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गर्नु अलोकतान्त्रिक र गैरसवैंधानिक रहेको जसपाका विद्यार्थी नेता चिरञ्जीवी यादवले बताए । संसद पुनर्स्थापना नभएसम्म सडक नछाड्ने चेतावनी पनि उनले दिए ।
जसपाले आज देशभर प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…