जनकपुरमा प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको पुतला जलाइए
यद्यपी, चोकमै उपस्थित रहेका सुरक्षाकर्मीहरुले प्रदर्शनकारीहरुबाट पुतला खोसेपनि उनीहरुले प्रम र राष्ट्रपतिको पुतला जलाएको हो ।
२०७७ पुस १० शुक्रबार, दिउँसो ४:०९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टी नेपाल (जसपा) धनुषा जिल्ला कार्य समितिले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्या देवी भण्डारीको पुतला जलाएको छ ।
शुक्रबार दिउँसो जनकपुरको भानुचोकमा जमघट भएका जसपाका नेता तथा कार्यकर्ताहरुले प्रम ओली र राष्ट्रपति भण्डारीको पुतला दहन गरेको हो ।
जसपा केन्द्रीय कमिटिको सर्कुलर अनुसार धनुषा जिल्लाको सदरमुकाम जनकपुरमा कार्य समितिसँग आवद्ध नेता तथाहरुले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले असंवैधान, अराजनैतिक र स्वेच्छाकारी तरिकाले प्रतिनिधिसभा विघटन गरेको आरोप लगाउँदै विरोध प्रदर्शनसँगै राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन् ।
देशलाई संकट तर्फ डोर्याउँने किसिमले आफ्नो व्यक्तिगत स्वार्थको लागि प्रतिनिधिसभा विघटन गरेको आरोप लगाउँदै जसपाले देशव्यापी विरोधको कार्यक्रमहरु घोषणा गरेको छ । सोही बमोजिम जसपाले जनकपुरमा चर्को नारावाजी, प्रदर्शन गर्दै पुतला समेत दहन गरेको हो ।
यद्यपी, चोकमै उपस्थित रहेका सुरक्षाकर्मीहरुले प्रदर्शनकारीहरुबाट पुतला खोसेपनि उनीहरुले प्रम र राष्ट्रपतिको पुतला जलाएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
अनितेश यादव
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…