ओलीको सँसद विघटन कदम प्रतिगामी : साँसद यादव
प्रदेश २ को विभिन्न स्थानमा भएको प्रदर्शनको कोणसभामा जसपाका नेता तथा कार्यकर्ताहरुले सम्बोधन गरेका थिए ।
२०७७ पुस ९ बिहीबार, बिहान ९:२० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ का प्रदेश साँसद राम अशिष यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको सँसद विघटनको कदम प्रतिगामी र असंवैधानिक रहेको बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली द्वारा संघीय संसद प्रतिनिधि सभा विघटन राष्ट्रघाती , प्रतिगामी आ गैर संवैधानिक कदम रहेको बताउँदै उनले लोकतान्त्रिक गणतन्त्र र संघीयता रक्षाको लागी सजग रहन आवश्यक रहेको बताए।
असंवैधानिक र अलोकतान्त्रिक कदम खारेज गर, राणा शाही चल्दैन , संसद विघटन गर्न पाउदैन ,वीर सहिद अमर रहुन, निरंकुश प्रधानमन्त्री मूर्दावाद, संघीय लोकतान्त्रिक गणतन्त्र जिन्दावाद, झूठो मुद्दा खारेज गर, जसपा नेपाल जिन्दावाद लगायतका मुल नारा सहित प्रदर्शन गर्दै साँसद यादवले गैर संवैधानिक कदमलाई फिर्ता लिन माग गरे ।
.jpg)
प्रदर्शनको क्रममा संसद विघटन गरिएर जनताले दिएको मतको अस्व्किार गरि आफूलाई असक्षम साबित गरेको भन्दै उनले समाजवादी युवा संघका जिल्ला अध्यक्ष दिपेन्द्र कापरले बताए ।
प्रदेश २ को विभिन्न स्थानमा भएको प्रदर्शनको कोणसभामा जसपाका नेता तथा कार्यकर्ताहरुले सम्बोधन गरेका थिए । कोणसभामा बोल्दै नेताहरुले प्रतिनिधिसभा विघटन फिर्ता नगरे चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन् ।
जनकपुरमा गरिएको प्रदर्शनमा कानुन मन्त्री ज्ञानेन्द्र यादव , जिल्ला अध्यक्ष पशुपति यादव , समाजवादी युवा संघको जिल्ला अध्यक्ष दिपेन्द्र कापर, हँसपुर नगरपालिकाकी उपमेयर रेनु झा लगायत जसपाका कार्यकर्ता किशन साह, प्रशान्त झा लगायतका सहभागी रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
अनितेश यादव
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…