नेकपाको एकतालाई भत्काउन सक्नेछैन : प्रचण्ड
कुनै व्यक्तिको पार्टी, राष्ट्र र जनता विरोधी यसप्रकारका कार्यले पार्टीको एकतालाई कुनै तात्विक असर नपर्ने उल्लेख

२०७७ पुस ६ सोमबार, बिहान ११:२५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल क्यूनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपालाई कसैले भत्काउन नसक्ने बताएका छन् ।
सोमबार एक प्रेस वक्तत्व जारी गर्दै उनले पार्टी एकतालाई कमजोर पार्नको लागि विभिन्न भ्रामक तथ्य र समाचारहरु सार्वजनिक भएकोमा त्यसमा विश्वास नगर्न आग्रह गर्दै पार्टीलाई झन मजबुत बनाउनको लागि एकतावद्ध हुन पनि आग्रह गरेका छन् ।
“हाम्रो पार्टीका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री के।पी। शर्मा ओलीले चालेको प्रतिनिधि सभा विघटनको असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश, पश्चगामी एवम् स्वेच्छाचारी कदमलाई हिजो बसेको स्थायी कमिटीको बैठकले विरोध एवम् भत्र्सना गर्दै पूर्ण रुपमा अस्वीकार गर्ने र पार्टी अध्यक्ष कमरेड ओलीलाई अनुशासनको कारबाहीका निम्ति स्पष्टिकरण माग्ने निर्णय गरेको बिषय सार्वजनिक भइसकेको छ ।”– प्रेस वक्तत्वमा उल्लेख छ ।
.jpg)
उनले पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता, पार्टी पङ्क्ति र आम–जनसमुदायलाई सम्बोधन गर्दै पार्टी एकतावद्ध रहेको तथा कुनै व्यक्तिको पार्टी, राष्ट्र र जनता विरोधी यसप्रकारका कार्यले पार्टीको एकतालाई कुनै तात्विक असर नपर्ने उल्लेख गरेका छन्।
नेपाली जनताले ठूलो त्याग र बलिदानपूर्ण संघर्षको परिणाम स्वरुप प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्र सहितको राजनीतिक परिवर्तनको रक्षा गर्नु आजको ऐतिहासिक कार्यभार रहेको प्रष्टाउँदै उनले राष्ट्रको समृद्धि र नेपाली कम्युनिष्ट आन्दोलनको भविष्यका निम्ति पार्टी एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृति र तत्वहरुका विरुद्ध एकतावद्ध भएर उभिन आग्रह गरेका छन् ।
यसका साथै, कुनै व्यक्तिको पार्टी विरोधी गतिविधिले एकीकृत पार्टीको संरचना र पार्टी एकतालाई भत्काउन नसक्ने जनाउँदै त्यसप्रकारको कुनै भ्रमात्मक प्रचारमा नपर्न अपिल विज्ञप्ति मार्फत गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…