ओलीको कदम राष्ट्रघाती : प्रदेश साँसद यादव
यसका साथै, उनले प्रधानमन्त्री ओलीले संविधानको हत्या गरेको भन्दै यसको विरुद्ध उभिन आवश्यक रहेको बताए ।

२०७७ पुस ५ आइतबार, राति ८:१८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ का प्रदेश साँसद राम अशिष यादवले प्रधानमन्त्री ओलीको कदम राष्ट्रघाती रहेको प्रतिक्रिया दिएका छन् ।
एक भिडियोमा संक्षिप्त प्रतिक्रिया दिँदै साँसद यादवले प्रधानमन्त्री ओलीको कदम राष्ट्रघाती र प्रतिगामी रहेको बताएका छन् । उनले नेकपाका अध्यक्ष समेत रहेका ओलीद्धारा सँसद विघटनको सिफारिस आफैंमा गैर संवैधानिक रहेको प्रतिक्रिया दिएका छन् ।
उनले नेपालको संविधान २०७२ को भाग ७ को धारा ७६ को उपधारा ७ को ५ बमोजिम प्रधानमन्त्री विश्वासको मत प्राप्त नगरेको अवस्थामा प्रधानमन्त्रीले राष्ट्रपति समक्ष सँसद विघटनको प्रस्ताव पेश गर्ने प्रवधान रहेको बताउँदै उनलाई कसैले पनि अविश्वास प्रस्ताव नलगाएपनि सँसद विघटनको सिफारिस गर्नु गैर संवैधानिक रहेको बताएका छन् ।
यसका साथै, उनले प्रधानमन्त्री ओलीले संविधानको हत्या गरेको भन्दै यसको विरुद्ध उभिन आवश्यक रहेको बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…