प्रधानमन्त्री ओलीको कदम गैर संवैधानिक, परिवर्तन पक्षधर शक्तिहरु एक होऔं : मेयर बरबरिया
मेयर बरबरियाले संघीय सरकारले संविधानविरोधी काम गरेको भन्दै आन्दोलन गर्ने चेतावनी दिदै “यो संघीय सरकारको अलोकतान्त्रिक र संविधानविपरीत काम हो, यसका विरुद्ध हामी आन्दोलनमा गर्छौ”– उनले भने ।

२०७७ पुस ५ आइतबार, राति ८:०२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनीधिसभा विघटन गरेपछि उनको कदमलाई असंवैद्यानिक र गैर लोकतान्त्रिक रहेको बताएका छन् ।
प्रधानमन्त्रीको कदमप्रति तपाईको प्रतिक्रिया के हो ? भनेर न्यूज ब्यूरोको जिज्ञासामा उनले प्रधानमन्त्री ओलीले संघीय प्रतिनीधिसभा विघटन गरेकोले त्यो कदम निश्चित रुपमा गैर संवैधानिक, अलोकतान्त्रिक र निरकुंश एवम् जनमत विरोधी, परिवर्तन विरोधी रहेको प्रतिक्रिया दिएका छन् ।
उनले परिवर्तनविरोधी प्रतिगामी कदमको सँज्ञा दिँदै भने,–“यो लागु हुन सक्दैन यसको बिरुद्ध सँघीय लोकतान्त्रिक गणतन्त्र,लोकतन्त्र एवं परिवर्तनका पक्षधर सम्पुर्ण शक्तिहरु एक हुनुपर्छ ।”
उनले ओली नेतृत्व सरकारको निर्णयलाई स्थानीय सरकारको हैसियतले त्यो निर्णयलाई गैरसंवैधानिक कदम भन्दै यसविरुद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएको छ ।
मेयर बरबरियाले संघीय सरकारले संविधानविरोधी काम गरेको भन्दै आन्दोलन गर्ने चेतावनी दिदै “यो संघीय सरकारको अलोकतान्त्रिक र संविधानविपरीत काम हो, यसका विरुद्ध हामी आन्दोलनमा गर्छौ”– उनले भने ।
नेकपाका प्रदेश कमिटि सदस्य समेत रहेका उनले संघीय सरकारको यो कदमलाई आफ्नो (स्थानीय) सरकारले असंवैधानिक ठहर गरेको भन्दै तत्काल कार्यपालिकाको बैठक बसेर संघीय सरकारको कदमविरुद्ध खेद प्रस्ताव पारित गरी अघि बढ्ने बताए ।
‘संघीय सरसकारको असंवैधानिक कदमको मेरो नेतृत्वको स्थानीय सरकार विरोध गर्छ । हामी कार्यपालिका बैठक बसेर संघीय सरकारको यो कदमविरुद्ध प्रस्ताव पास गर्छौं र बृहत् आन्दोलनमा उत्रिन्छौँ’, मेयर बरबरियाले भने ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…