जनकपुर : दुर्घटना न्यूनिकरणको लागि ट्राफिकको पुतला
सो पुतला ट्राफिक प्रहरीझैं देखिने भएकोले पुतला देखेपछि सवारी चालकले नियम कानुन पालना गर्ने

२०७७ पुस ४ शनिबार, दिउँसो ३:०५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । दुर्घटना न्यूनिकरण गर्नको लागि जनकपुरमा पनि ट्राफिक प्रहरीको पुतला (Traffic Putla) राखिने भएको छ ।
देशको राजधानी काठमान्डौंको विभिन्न स्थानमा सचेतनात्मक सन्देशहरु ट्राफिक प्रहरीको पुतला राखिएकोमा अब जनकपुरमा पनि पुतला राखिने भएको छ ।
ट्राफिक प्रहरी धनुषाका प्रमुख युवराज न्यौपानेलाई ट्राफिक व्यवस्थापनको लागि दुई वटा ट्राफिक पुतला प्रदान गरिएको छ । समाजसेवी एवम् धनुषा चेम्बर अफ कमर्सका उपाध्यक्ष समेत रहेका सलामत राईनले आफ्नो नीजि लगानीमा दुई वटा ट्राफिक पुतला प्रदान गरेका छन् ।
सो पुतला ट्राफिक प्रहरीझैं देखिने भएकोले पुतला देखेपछि सवारी चालकले नियम कानुन पालना गर्ने तथा ट्राफिक व्यवस्थापनमा टेवा पुग्ने विश्वास लिइएको छ ।
सामुदायिक प्रहरी साँझेदारी कार्यक्रम अन्तर्गत दुई वटा ट्राफिक प्रहरीको पुतला प्रदान गरिएको छ । यस्तै, थप पुतला राखेर जनकपुरको विभिन्न स्थानमा, विभिन्न चोकमा सचेतनात्मक सन्देश हातमा राखेर, ट्राफिक नियमहरु हातमा राखेर उभाइनेछ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…