जनकपुरमा आज भगवान रामको 'तिलकोत्सव' धुमधामका साथ मनाइदै
बुधबार दिउँसो मात्र विवाहपँचमीको तेस्रो दिन धनुषयज्ञको विधि गरि मनाइएको छ ।

२०७७ पुस २ बिहीबार, बिहान ८:१३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनक नगरी जनकपुरधाममा जारी सप्ताहव्यापी रामजानकी विवाह महोत्सव (vivahpanchami) अन्तर्गत् बिहिबार (आज) चौथो दिन तिल्कोत्सव Tilakotsav कार्यक्रम मनाइँदैछ ।
त्रेतायुगमा मर्यादा पुरुषोतम भगवान राम र जनक नन्दनी जानकीबीच भएको विवाहको सम्झनामा साधुसन्त र श्रद्धालुहरुले श्रद्धा र निष्ठा पुर्वक तिल्कोत्सव मनाउँदैछन् ।
तिल्कोत्सवमा भगवान रामलाई तिलक लगाउने गरिन्छ । तिलकोत्सव कार्यक्रममा जानकी मन्दिरबाट बाजागाजाका साथ अयोध्या मन्दिरको प्रतिनिधित्व गर्ने राममन्दिरमा १ सय १ वटा डालीमा विभिन्न प्रकारमा फलफूल तथा परिकारका मिष्ठानको पाहुर पठाउने परम्परा रहिआएको छ । तर, यसपाली कोरोना भाइरसको कारण गरिएको सीमा बन्दका कारण तिलकोत्सव पनि फित्तलो हुने देखिएको छ ।
भोली शुक्रबार मटकोर कार्यक्रम गरिनेछ भने शनिबार भव्यता पूर्वक शुभ विवाहको आयोजना गरी विवाहपञ्चमी मनाइनेछ । अयोध्याबाट मोटो सँख्यामा जन्ती नआएपनि साधुसन्तहरु भने विवाहपँचमीको लागि आउने विश्वास गरिएको छ ।
बुधबार दिउँसो मात्र विवाहपँचमीको तेस्रो दिन धनुषयज्ञको विधि गरि मनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…