सरकार विरुद्ध सिरहामा काँग्रेसको मोटो प्रदर्शन
नेकपाको सरकारले जनतालाई चुसेर काण्डै काण्ड गर्ने वाहेक केही खासै काम गर्न नसकेको हुँदा काँग्रेसको बिकल्पको कुनै शक्ति नभएको उनको दाबी छ ।

२०७७ मंसिर ३० मंगलबार, बिहान १०:२८ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । पूर्व घोषित कार्यक्रम अनुसार नेपाली काँग्रेसले सिरहा सहित देभैभरि विशाल प्रदर्शन गरेको छ ।
सो क्रममा सोमबार नेपाली काँग्रेसले सिरहामा विशाल प्रदर्शन गरेको छ । सो क्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य शंकर मण्डारीले बहुमतको वर्तमान सरकारको अहंकारलाई चकनाचुर गर्न सकिएर काँग्रेस आन्दोलनमा उत्रेको बताएका ।
देशभर सरह नेपाली काँग्रेस जिल्ला कमिटिले सिरहाको गरेको प्रदर्शनको कोणसभामा बोल्दै त्यस्तो कुरा बताएका हुन् ।
जनताको सेवा सुविधामा अभिबृद्धि ल्याउछु भनी सपना बाँडेर सत्तामा पुगेका नेकपाका केपी ओलीको बहुमतीय सरकारले जनतालाई चुस्ने, कुट्ने, पक्रिने र तर्साउने वाहेक केही खासै काम नगरेको उनको आरोप छ । विकास, पहिचान तथा अधिकारको कुरा उठाएका नेकपाले पाएको बहुमतलाई अनादर गर्दै अहंकार मात्र देखाउन थालेको उनले जनाए ।
सर्वदलिय र सर्वपक्षीय सहमतिको आधारमा निमन्त्रणा पाएर पुलको उद्घाटन गर्न पुगेका काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई विना कारण पक्राउ गरी तर्साउन खोजेको प्रसंगलाई उल्लेख गर्दै उनले भने,‘देशको विभिन्न परिवर्तनमा सारथी बनेका नेतालाई त्यस्तो व्यवहार गरियो भने सामान्य नागरिकलाई के गर्दो होला अनुमान लगाई राख्नुपर्दैन ।’
कोरोना संक्रमण जोखिमलाई न्यूनीकरण गर्न विभिन्न देशबाट आउन र जान लगाइएको प्रतिबन्ध खुकुलो पारिएपनि छिमेकी मुलुक भारतमाथिको प्रतिबन्ध कायम राख्नुले तराईबासीलाई दुःख दिन यो सरकारले लागी परेको कुरा प्रष्ट भएको उनले दाबी गरे ।
उनका अनुसार उचित शर्तको आधारमा भारत आउन र जान दियो भने विपन्न किसानलाई सहज हुने थियो तर यो सरकार तथा त्यसमा भएका नेता आफ्नो स्वार्थ वाहेक अरु केही देखिरहेको छैन् ।
काँग्रेसले राणा, राजा तथा जनविरोधी अन्य शक्तिलाई परास्त गरेर देशमा शान्ति, समृद्धि र जनमुखी विकासको वातावरण बनाउन गरेको योगदानलाई वेवास्ता गरेर अघि बढ्न प्रयास गरेको वर्तमान सरकारसँगै नेकपाको बिलय निश्चय भएको उनले ठोकुवा गरे ।
नेकपाको सरकारले जनतालाई चुसेर काण्डै काण्ड गर्ने वाहेक केही खासै काम गर्न नसकेको हुँदा काँग्रेसको बिकल्पको कुनै शक्ति नभएको उनको दाबी छ ।
सिरहा जिल्लाको विभिन्न गाउँ तथा स्थानीय तहबाट हजारौंको संख्यामा आएका काँग्रेसका नेता तथा कार्यकर्ताले सिरहा बजारको विभिन्न भाग परिक्रमा गर्दै यहाँको थाना चौकमा रहेको शहिद राजेश ठाकुर पार्कमा गएर कोणसभामा परिणत भएको थियो ।
काँग्रेस सिरहा सभापति रामचन्द्र यादवको अध्यक्षतामा भएको कोणसभामा नेताहरु डा. गणेश मण्डल, मोकतार अहमद, अमर रेग्मी, पद्मनाराण चौधरी, संजय प्रकाश यादव लगायतले सरकारको कार्यनीति, जनताको अपेक्षा र काँग्रेसको भुमिका दर्साउदै आ–आफ्नो मन्त्वय राखे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…