सरकार विरुद्ध महोत्तरीमा काँग्रेसको 'रैला'
सोही क्रममा नेपाली काङ्ग्रेस महोत्तरीले पनि जलेश्वर स्थित पार्टी कार्यालयबाट विरोध रयाली प्रदर्शन गरेको छ । कार्यालयबाट सुरु भएको रयाली खैरा चौक, सिडियो कार्यालय , महेन्द्र चौक हुँदै जलेश्वरको शंकर चौकमा पुगी कोणसभामा परिणत भएको थियो ।

२०७७ मंसिर २९ सोमबार, बेलुकी ५:२३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जलेश्वर । नेपाली काँग्रेस पार्टीले वर्तमान सरकार विरुद्ध देशैभरि वृहत प्रदर्शन गरेको छ ।
अधिनायकवादी सरकार एवं जनहितविपरित क्रियाकलाप गरिरहेको भन्दै सोही विरुद्धमा नेपाली काङ्ग्रेसले वर्तमान सरकार विरुद्ध देशै भरी विशाल विरोध र्याली निकाली वृहत् प्रदर्शन गरेको छ।
सोही क्रममा नेपाली काङ्ग्रेस महोत्तरीले पनि जलेश्वर स्थित पार्टी कार्यालयबाट विरोध रयाली प्रदर्शन गरेको छ । कार्यालयबाट सुरु भएको रयाली खैरा चौक, सिडियो कार्यालय , महेन्द्र चौक हुँदै जलेश्वरको शंकर चौकमा पुगी कोणसभामा परिणत भएको थियो ।
महोत्तरी काङ्ग्रेसको विरोध कार्यक्रमको नेतृत्व पार्टी सभापति महेन्द्र कुमार रायले गरेका थिए । त्यसैगरी वक्ताहरुमा नेपाली काङ्ग्रेसको बौद्धिक नेता एवं पुर्व केन्द्रिय सदस्य रामचन्द्र तिवारी र नेविसंघको महामन्त्री बल्देव तिमिल्सिना रहेको थियो । सो विरोध कार्यक्रममा हजारौंको सहभागिता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…