नेविसँघले सरकारविरुद्ध सिटी फुके
नेपाल बिद्यार्थी संघको केन्द्रिय निर्देशन अनुरुप दुइतिहाइको नेकपाको सरकारले गरेको अनियमिता तथा भ्रष्टाचारको बिरोधमा आईतबार देश भर सिठ्ठी फुकेका छन् ।

२०७७ मंसिर २९ सोमबार, बिहान ८:१८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी सँघ (नेविसँघ) ले आईतबार देशैभरि विभिन्न ठाउँमा सिटी फुकेका छन् ।
नेपाल बिद्यार्थी संघको केन्द्रिय निर्देशन अनुरुप दुइतिहाइको नेकपाको सरकारले गरेको अनियमिता तथा भ्रष्टाचारको बिरोधमा आईतबार देश भर सिठ्ठी फुकेका छन् ।
कार्यक्रम अन्तर्गत चितवनमा पनि कृष्ण बगालेको नेतृत्वमा नेबिसंघ द्वारा सिठ्ठी फुक्ने कार्यक्रम सम्पन्न भएको छ।

नेपाल बिद्यार्थी संघ अरुणोदय क्याम्पसका अध्यक्ष कृष्ण सापकोटा, सप्तगन्डकीका सचिब साजन गुरुङ,राप्ती नगरपालिकाका नगर अध्यक्ष काशिराम चालिसे,रत्ननगर नगरपालिकाका नगर अध्यक्ष कल्याण अर्याल,नेपाल पोलिटेक्निक कलेजका अध्यक्ष प्रबिन पौडेल,बिद्यार्थी नेताहरु विश्व नाथ मिश्र,वसन्त गैरे, सागर सुवेदी,रन्जन न्यौपाने,इन्द्रजित गोइत को उपस्तिथिमा कार्यक्रम सन्चालन भएको कुरा बिद्यार्थी नेता रन्जन न्यौपाने ले बताए।उक्त कार्यक्रममा नेपाल बिद्यार्थी संघ सप्तगन्डकी क्याम्पसका पुर्ब अध्यक्ष कृष्ण बगालेले कोण सभामा नेकपा सरकारको ज्याजती अन्त्य गर्न नेबि संघ अझै पनि आन्दोलनमा लाग्ने बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…