रक्तदानले समाज बचाउँछ : मेयर बरबरिया
रक्तदान कार्यक्रममा स्वास्थ्यका कर्मचारी, नगरपालिकाका कर्मचारी सहित आम सर्वसाधारणहरुले समेत रक्तदान गरेका हुन् ।

२०७७ मंसिर २८ आइतबार, बेलुकी ५:४८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । अन्तारष्ट्रिय आप्रवासी कामदार दिवस २०२० को अवसरमा धनुषाको शहिदनगर नगरपालिकामा रक्तदान कार्यक्रम गरिएको छ ।
आप्रवासी कामदार हकहित संरक्षण केन्द्रको आयोजना तथा मित्र धनुषाको सहकार्यमा आयोजना गरिएको रक्तदान कार्यक्रममा शहिदनगर नगरपालिकाका नगर प्रमुख उदय कुमार बरबरिया (यादव) सहित एक दर्जन बढी जनाले रक्तदान गरेका हुन् ।
शहिदनगर नगरपालिका वडा नं. ३ यदुकूहा स्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजना गरिएको सो कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै मेयर बरबरियाले रक्तदान जीवनदानको नारालाई निर्मुल र व्यवहारिक बनाउन आग्रह गरे ।
उनले एक जनाको रक्तले कसैको जीवन बाँच्ने भएकोले समय समयमा रक्तदानदान गर्न आग्रह गरे । उनले आप्रवासी कामदार हकहित संरक्षण केन्द्रका अध्यक्ष विवेक कुमार यादव (गुडु) को अध्यक्षतामा भएको रक्तदान कार्यक्रम प्रशंसनीय रहेको जिकिर गरे ।
अन्य कार्यक्रमभन्दा पनि रक्तदान कार्यक्रम प्रत्यक्ष रुपमा लाभदायी र समाजहित, जनहितको लागी लगानी भएको जिकिर गरे ।
रक्तदान कार्यक्रममा स्वास्थ्यका कर्मचारी, नगरपालिकाका कर्मचारी सहित आम सर्वसाधारणहरुले समेत रक्तदान गरेका हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…