सौन्दर्यको मनमोहक ठाउँ बाबाताल मा ५ तल्ले 'भीउ टावर'
सुन्दर र शान्त देखिने बाबा तालमा दिनभरी आन्तरिक तथा बाहिरी पर्यटकको घुइँचो लागेको हुन्छ । पर्यटकहरू दिनभरी रमाउँदै तालमा डुङ्गा सयर गरिरहेका हुन्छन् ।

२०७७ मंसिर २७ शनिबार, दिउँसो ४:४२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । अधिक चर्चामा नआएपछि पर्यटकीय स्थलको रुपमा विकास भइसकेको सिरहाको बाबा तालमा आज भीउ टावरको उदघाटन गरिएको छ ।
सिरहा जिल्लाको कर्जन्हा नगरपालिका वडा नं.२ बन्दीपुरदेखि करिब २ किलोमिटर उत्तर चुरे शिखरमा रहेको बाबाको लागि भीउ टावरको उदघाटन गरिएको हो ।
धेरै चर्चामा नआएपछि प्रदेश २ को लागि पर्यटकीय गन्तव्यको रुपमा बाबाताललाई विकास गरिएको हो । नेपाल सरकारको पर्यटन मन्त्रालयबाट निर्माण गरिएको बाबातालमा अन्य जिल्लाका पर्यटकहरु सहित विदेशी पर्यटकहरु समेत घुमघामको लागि आउने गरेको छ ।
उच्चस्तरीय प्रशासन सुधार आयोगका अध्यक्ष काशीराज दाहाल र सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले एक कार्यक्रमबीच सँयुक्त रुपमा नयाँ बनेको भीउ टावरको उदघाटन गरेका छन् । बाबातालमा आउने पर्यटकहरुले भीउ टावरबाट बाबातालको अवलोकन गर्न सकिने र बेग्लै अनुभव गर्न सकिने बताइएको छ ।
.jpg)
पूर्व–पश्चिम राजमार्ग देखि २ किलोमिटर उत्तर रहेको बाबाताल हरियो जङ्गलको मनोरम दृश्य देखिने बाबा ताल किनारमै मोक्षश्वर महादेव मन्दिर छ ।
सुन्दर र शान्त देखिने बाबा तालमा दिनभरी आन्तरिक तथा बाहिरी पर्यटकको घुइँचो लागेको हुन्छ । पर्यटकहरू दिनभरी रमाउँदै तालमा डुङ्गा सयर गरिरहेका हुन्छन् ।
बाबातालमा भीउ टावर निर्माणपछि पर्यटकहरुको सँख्यामा झन वृद्धि हुने विश्वास गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…