धनुषा शहिदनगर नगरपालिकाको यी वडामा पूर्णखोप घोषणा
कार्यक्रममा वडाध्यक्ष राम एकवाल मण्डल, स्वास्थ्य शाखा सँयोजक कपिलदेव अधिकारी, उपसँयोजक रामसिकिल यादव, वडा नम्बर ८ का वडाध्यक्ष तनुकलाल यादव सहित स्वास्थ्यचौकी प्रमुख लगायत आम नागरिकहरुको सहभागीता रहेको थियो ।

२०७७ मंसिर २६ शुक्रबार, राति ८:२२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाको एक वडालाई पूर्ण खोप घोषणा गरिएको छ ।
शुक्रबार एक कार्यक्रमको आयोजना गरी कोरोनाको त्रासबीच शहिदनगर नगरपालिकाको वडा नम्बर ६ लाई पूर्ण खोप वडा घोषणा गरिएको हो । नगरपालिकाका नगर प्रमुख उदय कुमार बरबरिया (यादव) र उपमेयर शिला देवी कापरले सँयुक्त रुपमा वडाध्यक्ष रामएकवाल मण्डललाई पूर्ण खोप घोषणाको प्रमाणपत्र प्रदान गरेका हुन् ।
नगरपालिकाको वडा नं. ६ अन्तगर्तका बालबालिकाहरुलाई अनिवार्य लगाउनुपर्ने खोप पूर्ण रुपमा लागेको भन्दै सो वडालाई पूर्ण खोप घोषणा गरिएको नगर स्वास्थ्य सँयोजक कपिलदेव अधिकारीले जनाए । उनले वडाभित्रका बालबालिकाहरुलाई तथ्याँक अनुसार पूर्ण रुपमा खोप लगाएपछि पूर्णखोप वडा घोषणा गरिएको बताए ।
सिँगो नगरपालिकालाई नै पूर्णखोप घोषणा गर्ने तयारीमा रहेका नगर प्रमुख उदय कुमार बरबरिया (यादव) ले सोही अनुसार नगरको विभिन्न वडामा बालबालिकाहरुलाई नछुटने गरी खोप लगाउने कार्य तीव्र पारिएको बताए ।
कार्यक्रममा वडाध्यक्ष राम एकवाल मण्डल, स्वास्थ्य शाखा सँयोजक कपिलदेव अधिकारी, उपसँयोजक रामसिकिल यादव, वडा नम्बर ८ का वडाध्यक्ष तनुकलाल यादव सहित स्वास्थ्यचौकी प्रमुख लगायत आम नागरिकहरुको सहभागीता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…