जनकपुरः टोल गन्हाएपछि खोजविन गर्दा परालमा सडेको लास फेला !
उनका अनुसार, उनको महिला जस्तै देखिएको सो व्यक्तिको खुट्टामा हड्डी मात्र देखिएको बताइएको छ । यद्यपी, यसबारे स्थानीय प्रहरीले केही प्रतिक्रिया दिएको छैनन् ।

२०७७ मंसिर २६ शुक्रबार, दिउँसो १:३८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । टोलमा गन्ध फैलिएपछि खोजविन गर्दै गर्दा धनुषामा परालमा सडेको अवस्थामा लास (शव) फेला परेको छ ।
धनुषाको नगराईन नगरपालिका वडा नम्बर २ जहटी बोर्डर स्थित दुर्गापट्टी चौक स्थित राखिएको परालको कुइनो (टाल) मा एक व्यक्ति मृत अवस्थामा फेला परेको हो । ढुस्स ढुस्स वास आएपछि स्थानीयहरुले खोजविन गर्दा महिला जस्तै देखिने (अहिले यकिन नभएको) व्यक्ति मृत अवस्थामा फेला परेको हो ।
गएरातीदेखि नै सो स्थानमा गन्ध फैलिएपछि स्थानीयवासीहरुले खोजविन सुरु गरेको थियो । नेपाल भारत बोर्डर स्थित दुर्गापट्टिी चोकमा स्थानीय एक जनाले लगाएको परालको कुइनो (टाल) मा मृत एवम् शरिर सडेको अवस्थामा फेला परेको स्थानीय प्रदीप चौधरीले जानकारी दिए ।
उनका अनुसार, उनको महिला जस्तै देखिएको सो व्यक्तिको खुट्टामा हड्डी मात्र देखिएको बताइएको छ । यद्यपी, यसबारे स्थानीय प्रहरीले केही प्रतिक्रिया दिएको छैनन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…