बाराको प्रसौनीमा १० सैयाको आधारभूत अस्पताल भवन
यो अस्पताल बनिसकेपछी गाउँपालिकाका तिस हजार जनताले स्वास्थ्य लाभ लिने

२०७७ मंसिर १९ शुक्रबार, बेलुकी ७:०९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बारा । बाराको प्रसौनी गाउँपालिका वडा नं। १ प्रसौनीमा आज १० सैयाको आधारभुत अस्पताल भवन निमार्णको कार्यको शिलान्यास कायक्रम सम्पन्न भएको छ ।
शिलान्यास कायक्रको उद्धाटन गर्दै कायक्रमका प्रमुख अतिथी भोला प्रसाद गुप्ताले आफुले चुनाव जितेको बेला बखत नै प्रसौनी गाउँपालिकामा आधारभुत अस्पताल बनाउने योजना आज पुरा भएकोमा खुशी ब्यक्त गर्नुभयो ।
यो अस्पताल बनिसकेपछी गाउँपालिकाका तिस हजार जनताले स्वास्थ्य लाभ लिने वहाले बताउनुभयो । गाउँपालिका प्रमुख गुप्ताले आउने दिनहरुमा यस आधारभुत अस्पतालको सेवालाई थप र ब्यवस्थित गर्दै जाने कुरामा जोड दिनुभयो ।
उहाँले प्रसौनी गाउँपालिकाको बिकासमा एकजुट भएर सहयोग गर्न आग्रह गर्नुभयो । कार्यक्रमका विशिष्ट अतिथी गाउँपालीकाका उप प्रमुख गिता साहले हरेक स्थानीय तहहरुमा संघ सरकारले आधारभुत अस्पताल बनाउने योजनालाई स्वागत गर्दै धन्यबाद दिनुभयो ।
कार्यक्रममा वडा नं २ का वडा अध्यक्ष सुरेश गुप्ता, वडा नं ४ का वडा अध्यक्ष आनन्द कुमार गुप्ता, ईलाका प्रहरी कार्यालय प्रसौनिका प्रहरी निरिक्षक ओमप्रकाश यादव, वृजकिशोर कुशवाहा, प्रभु दास लगायतले आ आफनो धारणा राख्नु भएको थियो ।
कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य कर्मी, सात वटै वडाका वडा सदस्यहरु, राजनितिक दल लगायत स्थानियहरुको उपस्थिती रहेको थियो । कार्यक्रम वडा नं १ का वडा अध्यक्ष लालबाबु मुखियाको अध्यक्षतामा सम्पन्न भएको थियो भने कर्यक्रमको संचालन गाउँपालीकाका स्वास्थ्य संयोजक सुरेश प्रसाद साहले गर्नुभएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…